अष्ट्रेलियामा आम निर्वाचन सम्पन्न, लेबर पार्टीको अग्रता
३ जुलाई २०१६, एडिलेड- अष्ट्रेलियामा २ जुलाइका दिन यहाँको ४५ औ आम निर्वाचन सम्पन्न भएको छ । निर्वाचनले २२६ सदस्यहरुको चयन गर्ने छ । प्रतक्ष निर्वाचनको माध्यमबाट जनताहरुले तल्लो सदनको १५० जना सदस्यहरुको चयन गर्ने छन भने समानुपातिकबाट माथिल्लो सदनको ७६ जनाको चयन हुने छ । हालसम्मको मतगणना अनुसार अष्ट्रेलियन लेवर पार्टीले अग्रता लिएको छ भने लिबरलले लेवरलाई कडा चुनौति दिइरहेको छ । गएको निर्वाचनमा प्रत्यक्षतर्फ ९० सिट जितेको लिबरललगायतको राष्ट्रिय गठबन्धन यसपाली ६६ सिटमा सिमित हुन पुगेको छ भने गएको निर्वाचनमा ५५ सिटमात्र जितेको अष्ट्रेलियन लेबर पार्टीले यसपाली ७२ सिट ल्याउन सफल भएको छ । सात ठाँउको मतगणना आउन बाकी छ भने उक्त मतपरिणाम मंगरबारपछिमात्र आउने बताइएको छ । अष्ट्रेलियामा सरकार निर्माणका लागी ल्याउनुपर्ने ७६ सिट ल्याउन कुनैपनि एक्लो दल सफल नहुने देखिएको छ । तसर्थ सरकार निर्माणका लागी दलहरु मिल्न अत्यन्त जरुरी छ ।
अष्ट्रेलियाको संविधान अनुसार यहा तल्लो र माथिल्लो गरि दुइटा सदन रहन्छन । तल्लो सदनका १५० जना जनताको प्रतक्ष मतदानबाट चुनिने व्यवस्था छ भने माथिल्लो सदनको ७६ जना समानुपातिक पद्दतिबाट चुनिने व्यवस्था रहेको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस