इनास अष्ट्रेलियाको क्षेत्रिय सम्मेलन ब्रिसबेनमा हुँदै
२ जुलाई २०१६, एडिलेड (मिलन दाहाल)- अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रेलियाको क्षेत्रिय सम्मेलन अष्ट्रेलियाको ब्रिसबेनमा आगामी २७ जुलाईमा हुने तय भएको छ । कार्यक्रम बिहान ११ बजेबाट अपह्रान्नको ३ बजेसम्म हुने बताइएको छ । कार्यक्रमको मुख्य उदेश्य इनास अष्ट्रेलियाका राज्य कमिटिका सदस्यहरुबिच परिचय तथा कार्यपत्रको प्रस्तुतिका साथै इनासको अष्ट्रेलिया घोषणापत्र जारी गर्नु रहनेछ । सम्मेलनमा सबै राज्य कमिटिहरुबाट कार्यपत्र प्रस्तुत हुनेछ भने उक्त कार्यपत्रमाथी छलफलपनि हुनेछ ।
अन्तराष्ट्रिय नेपाली कलाकार समाज विश्वभर छरिएर बसेका नेपाली कलाकार तथा साहित्यकाहरुको छाता संगठन हो । यो संस्था २६ अगष्ट २०१२ मा नेपाली कला, साहित्य तथा चलचित्रलाई प्रवर्दन गर्ने लक्षका साथ स्थापना भएको हो । संस्थाको मुख्य कार्यलय निदरल्याण्डको आम्सटरडाममा रहेको छ ।
इनास अष्ट्रेलिया सन् २०१४ मा गठन भएको थियो भने हालका दिनसम्म आइपुग्दा इनासका सबै राज्यहरुमा इनास राज्यकमिटि गठन भइसकेको छ । इनासको विश्वभरमा ७३ कमिटिहरु बनिसकेका छन् ।
सबै कलाप्रेमीहरुलाई एउटै छातामुनी ल्याउने उदेश्यका साथ स्थापना भएको इनास अष्ट्रेलियाको आगामी कार्यदिशाबारे पनि कार्यक्रममा छलफल हुने बताइएको छ ।
सम्मेलनपछि साँझ इनास क्विन्सल्याण्डको आयोजनामा साँगीतिक कार्यक्रमको आयोजना गरिदै छ । साँगीतिक कार्यक्रममा नेपालको ख्यातिप्राप्त साँगीतिक समुह ‘कबवेव’ व्याण्ड तथा अष्ट्रेलियाका नेपाली गायक समिर आचार्यलले प्रस्तुति दिने छन । यसका साथै स्थानिय कलाकारहरुले रोचक नृत्य तथा गायनका माध्यमबाट उपस्थितहरुलाई मनोरन्जन गराउने छन । सांस्कृतिक कार्यक्रम साझ ६ बजेबाट २३० Wikham Street, Fortitude Valley मा हुदैछ ।
कार्यक्रममा इनास ग्लोबल तथा सम्पुर्ण राज्यकमिटिका प्रतिनिधी हरुको उपस्थिति रहने इनास सचिवालयले बताएको छ । नेपाली कला-संस्कृतिको संरक्षण एवं सम्वर्दनमा गठन भएको निकै छोटो समयमा नै इनास अष्ट्रेलियाले निकै प्रभावकारी भुमिका खेल्न थालिसकेको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस