२४ मे २०१६, युके- ग्राहक मारेको भभियोगमा युकेका एक रेष्टुरेन्ट संचालक ६ बर्षका लागी जेल चलान भएका छन् । उनलाई ग्राहकले तरकारीमा 'काष्ठफल' (नट) नराख्न आग्रह गर्दा-गर्दैपनि बदाम भएको तरकारी ग्रहकलाई दिएका कारण ग्रहको मृत्यु भएको अभियोगमा उक्त सजाय भएको बताइएको छ ।
युकेको एसिङवल्ड भन्ने ठाँउमा रहेको इन्डियन गार्डन नामको रेष्टुरेन्टका धनि ५३ बर्षिय मोहम्मद जमन नामका एक ब्याक्तिलाई यस्तो सजाय भएको हो ।
विल्सन नाम गरेका ३८ बर्षिय ग्रहकले उनको रेष्टुरेन्टमा चिकेन टिक्का अर्डर गर्दा 'काष्ठफल' नराख्न आग्रह गरेको भएपनि उनलाई रेष्टुरेन्टले बदामको ग्रेभिमा चेकेन टिक्का उपलब्ध गराइएको अनुसंधानबाट खुलेको थियो । उक्त तरकारी खाएपछि एजर्जीका कारण ग्रहकको मृत्यु भएको थियो ।
अलि महङ्गो पर्ने अल्मोण्ड पाउडरको ठाँउमा खर्च घटाउनकै लागि जमनले बदाम पाउडर प्रयोग गर्ने गरेको पनि अदालतले बताइको छ । पहिले नै तीन लाख पाउण्डबढी ऋणमा रहेका जमनले मानव स्वास्थसँग खेलबाड गरेको आरोप पनि अदालतले लगाएको छ ।
यसरी तरकारी सेवन गर्ने ग्रहक ‘फेटल एनाफिलेक्टिक सक’ का कारण मरेका थिए । जनमको अर्को रेष्टुरेन्टका खानाका कारण एलर्जी भएर अस्पताल भर्ना भएको तीन हपतापछी विल्सनको मृत्यु भएको युकेको चर्चित पत्रिका ‘इन्डिपेन्डेन्ट’ ले बताएको छ ।
Like this:
Like Loading...
Related
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस