अष्ट्रेलियाद्वारा सन् २०१६-१७ का लागी ‘दक्ष पेशाहरुको सुची’ सार्वजनिक
१७ मे २०१६, एडिलेड- अष्ट्रेलियाको सिमा सुरक्षा तथा आप्रबासी विभाग (Department of Immigration and Border Protection- DIBP) ले सन् २०१६-१७ का लागी दक्ष पेशाहरुको सुची (Skilled Occupation List) सार्वजनिक गरेको छ । उक्त बिषयहरु पढ्ने अन्तराष्ट्रिय विद्यार्थीहरुले अरु केही सिमाहरु पुरा गरेपछि सहजै स्थाइ बसोबास अनुमति पाउने छन् । यसरी स्थाइ बसोबास अनुमति पाएको २ बर्षपछि उक्त अवधिमा कुनैपनि ठुलाखाले अपराध नगरेमा यहाको नागरीकताका लागी कुनैपनि बिदेशी योग्य हुनेछ । यसरी जारी भएको सुची सन २०१६ को जुलाई १ देखी लागु हुनेछ ।
जारी भएको सुची १८९ (Skilled Independent Visa), ४८९ (Skilled Regional Provisional Visa), र ४८५ (Graduate Temporary Visa) को आवेदनका लागी प्रयोग हुनेछन् । यसका साथै बिभागले १९० (Skilled Nominated Visa), ४५७ (Temporary Work Skilled Visa) तथा १८६ (Employer Nominated Scheme) भिसा आबेदनका लागी पनि पेशाहरुको सुचि जारी गरेको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.






प्रतिकृया दिनुहोस