ताजा खवरहरु:

भारतमा घुसेर नेपाल प्रहरीले युवालाई पक्रियो

Nepal police१६ मे २०१६, महाराजगंज (भारत)- 'आइतवार नेपालको प्रहरी हतियारसहित आएर एक भारतीय युवालाई पक्रिएर लैजादापनि सुनौली प्रहरी र सीमा सुरक्षा बल हेरेको हेरेकै भयो ' भारतीय एक पत्रिका 'लाइभ हिन्दुस्तान' ले लेखेको छ । जिम्मेवारहरुले घटनाको सत्यतालाई इन्कार गरेका छन । केही समयअघि भुलबस भारतीय प्रहरी हतियारसहित नेपालको सीमापारी जाँदा दिनभर राखेर आला प्रहरीले हस्तक्षेप गरेपछि छोडेको थियो, पत्रिकाले लेखेको छ ।

पत्रिकाले अगाडि भनेको छ, सवै कुरा सामान्य थियो । आइतवार १:३० बजे एक्कासि नेपालको बेहलिया ठानाको प्रहरी  हतियारसहित बिना अनुमति घुसेर लागु औषधिसहित

एक युवालाई पक्राउ गरि लगेको हो । यसरी खुलेआम नेपाल प्रहरी हतियार सहित भारत प्रवेश गर्दापनि सिमा सुरक्षा बल, भारतीय प्रशाशन र कस्टमले रोक्दा पनि रोकेन । उक्त घटनाको सुनौलीका अधकारीहरुले डीएम र एसपीलाई जानकारीसमेत गराएनन् । घटनाको जानकारी गराउदा डिएम वीरेन्द्र कुमार सिंह र एसपी भारत सिंह यादवले अनुसंधान गरिने बताए । पत्रिकाले लेखेको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading