नेपाली युवतीले भारतीय महिला प्रहरीलाई थप्पड बर्साएपछि
१५ मे २०१६, नया दिल्ली- भारतको राजधानी दिल्लीमा एक नेपाली युवतीले भारतीय पुलिस फोर्सकी एक महिला अफिसरलाई थप्पड हानेकी छिन् ।
भारतीय टेलिभिजन च्यानल पन्जाब केसरीले यो खबरको पुष्टि गर्दै तृप्ती नामकी नेपाली युवतीले दिल्लीकी महिला प्रहरी कास्टेबललाई थप्पड हानेको भिडियो सार्वजनिक गरेको छ ।
थप्पड खाने महिला प्रहरी अफिसरको नाम खुलाइएको छैन् । समाचार अनुसार नेपाली युवतीको अटो (टेम्पु) वालासँग झगडा परेको थियो । ती अटोवाला तृप्तीलाई लिएर प्रहरी चौकी गए । त्यहाँ विवाद भएपछि तृप्तीले भारतीय प्रहरीकी महिला अफिसरमाथि हात उठाएकी हुन् ।
उनलाई अहिले मेडिकल चेकजाँचका लागि अस्पताल लगिएको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस