नेपालको कार्यशैलीका कारण पुन:स्थापना ढिलो भएको हो: शेष घले
१५ मे २०१६, काठमाण्डौ- गैर आवाशिय नेपाली संघका अध्यक्ष शेष घलेले नेपालमा प्रणालीभन्दा व्याक्ति/पार्टी हावी भएका कारण पुन: स्थापनाको काममा ढिलाई भएको बताएका छन् । उनले भने- सत्ता परिवर्तनसँगै भएको नँया नियुक्तिपछी पुराना व्याक्तिहरुसँग भएका सम्पुर्ण सम्झौताहरु खारेजजस्तै भए, हामीले पुन: शुन्यबाट शुरु गर्नुपर्ने अवस्था आयो । सरकार परिवर्तनपछि नया सरकारले पुन: निर्माणका सम्पुर्ण कार्यहरु रोक्न सर्कुलर नै जारी गर्यो, जसले हाम्रा हात खुट्टा बाधिदियो । नया नियुक्तिपछी नया ठाउमा पुगेर फेरी सवेक्षण, अनुसंधान र छलफलहरु गर्नुपर्ने भयो । त्यसबेलासम्म नया सरकारको कार्यविधि बनिसकेको थिएन । १५ अप्रिलमा सरकारको नया कार्यविधि पारीत भइसकेपछि (जसमा संस्थाले व्याक्तिगत घरहरु बनाईदिन पाउने भन्ने प्रवधान थियो) हामीले राष्ट्रपतिको उपस्थितिमा
पुननिर्माण आयोग र शहरी विकाश मन्त्रालयसँग सम्झौता गर्न सक्यौं । बल्ल हामीले पुसनिर्माणका लागी लाप्राक पाएका छौं । अझपनि हामीले कुर्नुपर्ने अवस्था छ किनभने गुरुयोजना बनिसकेको छैन, जुन सरकारले बनाउनुपर्ने हो । सरकारलाई हाल गुरुयोजना निर्माणमा सहयोग गरिरहेका छौं । गुरुयोजना बनिसक्नासाथ हाम्रो पुन: निर्माणको काम प्ररम्भ हुन्छ ।
गुरुयोजनाका लागी किन कुर्नुपर्ने, यो किन आवश्यक छ भन्ने प्रश्नको जवाफमा उनले भने – लाप्राक पुन:निर्माण नभएर पुन स्थापना हो । हामीले त्यही भत्केका घरहरु बनाउने हैन, नया ठाउमा नया बस्ती नै निर्माण गर्ने हो । नेपालको नियमअनुसार त्यसका लागी गुरुयोजना अपरिहार्य रहेछ । सरकारले प्रतिघर २ लाखसम्ममात्र सीमा तोकेकाले २ लाखसम्ममा हामीले कल्पना गरेजस्तो घर निर्माण गर्नु असम्भवजस्तै थियो । हामीले यसलाई बढाएर दुइलाख पचासहजार बनाएका छौ । उनले थपे ।
गैर आवाशिय नेपाली संघले १ हजार घरहरु निर्माण गर्दैछ । जसमध्ये ५७० वटा लाप्राकमा बन्नेछन भने पुननिर्माण प्राधिकरणले अनुमति दिएको खण्डमा बाँकि ४३० बटा घर सिन्धुपाल्चोकमा बनाउने योजना रहेको छ । जसका लागी गैर आवाशिय नेपाली संघले करिब ३० करोड संकलन गरिसकेको छ भने नमुना बस्तिका लागी आवश्यक पर्ने बाटा, पार्कहरु, खानेपानी लगायतका पुर्वाधारहरुको व्यवस्था गर्न केही थप रकमको जोहो गर्नुपर्नेछ । अवपनि योजनाअनुरुप काम भएमा सेप्टेम्बर २०१६ सम्ममा सम्पुर्ण कागजी कार्यहरु सकेर सेप्टेम्बरबाट भौतिक संरचना निर्माण प्ररम्भ हुनेछ । अवको दुइवर्ष भित्रमा पुन स्थापनाको काम सक्ने गैर आवाशिय नेपाली संघको योजना रहेको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस