गीत हिट हुन शब्दचयन उचित र गायकीले शब्दको भावलाई छुन सक्नुपर्छ: कर्णदास (भिडियो)

Karna
कर्ण दाससँग कुराकानी गर्दै सञ्चारकर्मी नारायण खड्का

७ मे २०१६, एडिलेड- करिब एक दशकपछि पुन: नेपाली गायनमा फर्किएरपनि नेपाली संगीतप्रेमीहरुको उत्तिकै स्नेह पाएका ख्यातिप्राप्त नेपाली गायक कर्ण दासले गीत हिट हुनका लागी शब्दचयन उचित हुनुपर्ने र गायनले शब्दको भावलाई स्पर्श गर्न सक्नुपर्ने बताएका छन । दश बर्ष अमेरीका बसेर आफुलाई आर्थिक रुपमा सवल बनाएको बताउने गायक दासले अब नेपालमै बस्ने निर्णय गरेका छन । अमेरीकि जीवन शैलीमा बानी पर्नै लागेका गायक दासले हालसालै नेपालमा गएको भु-कम्पले मातृभूमीप्रतिको मोह पुन जगाइदिएकाले अमेरिकामा आफुलाई थप केहि क्षणपनि राख्न नसक्ने भएपछि आफ्नो सम्पुर्ण जायजेथा बेचेर निकै भावुकताका साथ नेपाल फर्किएको अनलाइन एडिलेडसँगको सक्षिप्त कुराकानीमा बताए । कलासँग पारिवारीक सम्बन्ध रहेकाले कला आफुले बिरासतमा पाएको र त्यसमा आफुलाई गर्व लाग्ने बताउने दास नेपाली सँगीतप्रेमीहरुमाझ निकै लोकप्रिय छन् । 

अष्ट्रेलियापछि लगत्तै मध्यपुर्व र युरोपका लागी बुक भएका कर्ण दासले ‘सागी’ को आयोजनामा ६ मे का दिन साझ एडिलेडमा आफ्नो प्रस्तुति दिएका थिए । यसका साथै गैर आवाशिय नेपाली संघ- साउथ अष्ट्रेलियाले आयोजना गरेको ‘वल्क फर वेलफेयर’ कार्यक्रममा सहभागी भएका कर्ण दास ‘वल्क फर वेलफेयर’ कार्यक्रमपछि सिधै एयरपोर्ट गएका थिए ।

अमेरिकाबाट नेपाल फर्किएलगत्तै पोखरामा एकल साँगीतिक साँझ गरी पुन नेपाली गायनमा डेब्यु गरेका कर्ण दास केहि समयअघि आफ्नो तीनसाता लामो सँगीतिक यात्राका क्रममा अष्ट्रेलिया आएका थिए ।  गायक कर्ण दाससँग अनलाइन एडिलेडका लागी सञ्चारकर्मी नारायण खड्काले लिएको एक्सक्लुसिभ अन्तरवार्ता यहा हेर्न सकिने छ ।

Advertisements

Leave a Reply