ताजा खवरहरु:

तीन टुहुरा वालवालिकालाई चिल्ड्रेन पिस होम- दाङले दियो साहारा

अिमाल३० अप्रिल २०१६, काठमाण्डौ- बाबुले अर्कै श्रीमती ल्याएपछि र अामा अर्कैसँग हिडेपछि बिचल्लीमा परेमा तीन बालबालिकालाई चिल्ड्रेन पिस होम- दाङले साहारा दिएको छ ।  डेढ वर्षअघि बुवाले अर्की श्रीमती लगेर भागेपछि आमासँग बस्दै आएका तीन भाइबहिनी असोजमा आमा पनि अर्कैसँग भागेपछि अलपत्र परेका ति वालवालिकाले सयौ रात भोक भोकै बिताउनुपरेको थियो ।  अन्न, पैसा केही नभएको र बाबु आमाले पनि छोडेर हिडेपछि उनिहरुले गाउले कसैले उब्रिएको खाना दिए त्यहि खानेगरेका नत्र भोकै बस्नेगरेका थिए ।

विद्यालय जान औधि रहर गर्ने उनिहरु छाक टार्न अरुकोमा काम गर्न जानुपर्ने भएकाले स्कुल जान सकिरहेका थिएनन् ।

छुट्टिएर बसेकी ६० वर्षीया हजुरआमा जैसरा बिकबाहेक बालबालिकाका आफन्त कोही थिएनन् । राति उनीहरुलाई डर लाग्यो भने हजुरआमालाई बोलाउँनेगरेका थिए ।

“छोराबुहारीसँग छुटिट्एर आफै जसोतसो जिउ पाल्दै आएकी थिएँ,” जैसराले भनिन्, “अब आफु पालिने कि यिनीहरुलाई पाल्ने, बुढेसकालमा यी लालाबालाको यस्तो बिजोग देख्न पर्‍यो ।” भन्दै चिन्ता गर्ने गर्थिन ।

गत बर्षको फागुन १६ गते हिमाल खबरपत्रिकामा उनिहरुको समाचार छपिएपछि उनिहरुबारे सोधखोज गरि साहारा दिइएको चिल्ड्रेन पिस होम- दाङका संचालक चिन्तामणि योगीले बताउनु भयो । उनिहरुको जीवनयापनको लागी अष्ट्रेलियाको पर्थबाट विष्णु श्रेष्ठ र नेपालका महाबीर पुनले सहयोग गर्नुहुने भएको छ ।

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading