सिड्नीमा एक नेपालीको अप्रत्यासित मृत्यु, सबै आश्चर्यमा
२२ अप्रिल २०१६, एडिलेड- संसारमा संयोगहरु अचम्मका हुन्छन् । नेपालीमा एउटा उखानै छ, "स्यालपनि कराउनु, बाख्रो पनि हराउनु। " अर्थात स्याल कराएकै बेलामा बाख्रा हराएको खण्डमा बाख्रालाई स्यालले नै लगेको अनुमान गरिन्छ । सिड्नीमापनि यस्तै एक घटना भएको छ ।
“मृत्यु जीवनको क्षति होइन। क्षति त त्यतिबेला हुन्छ जब जीवन तिमीभित्र ज्यूँदै मर्छ।” वुधवार २० अप्रिलका दिन यस्तो स्टाटस फेसबुकको वालमा लेखेका सिड्नीका सुरज भट्टराईले विहिवार संसारलाई अलबिदा गरे । उनको मृत्युमा सबै आश्चर्य चकित भएका छन । भट्टराई सामाजिक कार्यमा निक्कै सक्रिय र मिजासिला स्वभावको भएको टिप्पणी उनको मृत्युपश्तात सबैले गरेका छन् ।
बिहिबार दिउसो २ बजे तिर हर्स्टभील स्थित आफ्नो अपार्टमेन्ट नजिकैको जिममा आफ्नो सानो छोरालाई संगै लिएर व्यायाम गर्न निस्किएका भट्टराई जिममा नै मृत भेटिएका थिए । उनको मृत्युको वास्तविक कारण हालसम्म नखुलेको भएपनि अष्ट्रेलियन फेडरल पुलिसले उनको मृत्युको कारण हृदयघात हुनसक्ने आशंका गरेको छ। यध्यपि परीवारले उनको स्वास्थमा कुनैपनि समस्या नरहेको बताउदै आएको छ । सुरज आफ्नी श्रीमती, एक छोरा र एक छोरीका साथ हर्स्टभील स्थित गेटवे अपार्टमेन्टमा बस्दै आएका थिए।
उनको मृत्युको खबरले अष्ट्रेलियाबासि नेपाली स्तब्ध बनेका छन् । गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले उनको मृत्युमा समबेदना प्रकट गर्दै नेपाली समुदायले एक इमान्दार, सहयोगी र सक्रिय सामाजीक कार्यकर्ता गुमाएको भनेको छ । यसैगरी झापाली समाज अष्ट्रेलियामा संस्थापक अध्यक्ष तथा गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका उप-संयोजक दिनेश पोखरेलले भटराइको आत्माको शान्तिको कामना गर्दै शोक सन्तप्त परीवारप्रति समबेदना प्रकट गरेका छन् ।
उनको मृत्युमा अनलाईन एडिलेड परिवार पनि हार्दिक समबेदना ब्याक्त गर्दै दिवागंत आत्माको चिर शान्तिको कामना गर्दै उनको परीवारलाई धैर्यधारण गर्ने शक्ति प्रदान गर्न भगवानसँग प्रर्थना गर्दछ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस