एडिलेड नेपाली समाजले ‘सर्भिकल क्यान्सर’ वारे अन्तरक्रिया तथा स्वास्थपरिक्षण गर्दै
२६ मार्च २०१६, एडिलेड- एडिलेड नेपाली समाजले साउथ अष्ट्रेलिया सरकारको स्वास्थ निकाय SA Health को सहयोगमा १८ देखी ७० बर्षसम्मका महिलाहरुका लागी Cervical Cancer सम्बन्धि अन्तरकृया का्र्यक्रमको आयोजना गरेको छ । कार्यक्रम ३१ मार्च २०१६ विहिवारका दिन विहान १०:३० बजेदेखी १२:३० बजेसम्म Glandore Community Centre (25 Naldera Street, Glandore SA 5037) मा हुदैछ । कार्यक्रममा इच्छुक महिलाहरुले निशुल्क स्वास्थ परिक्षणसमेत गरउन सक्ने बताइएको छ ।
एडिलेड नेपाली समाजले धेरै भन्दा धेरै नेपाली महिलाहरुलाई सहभागी भइ मौकाको फाइदा उठाउन आव्ह्वान गरेको छ ।
के हो सर्भिकल क्यान्सर ?
सर्भिकल क्यान्सर भनेको सर्भिक्स अर्थात पाठेघरको तल्लो भागमा हुने क्यान्सर हो । सवैभन्दा बढी हुने सर्भिकल क्यान्सर भनेको ‘स्क्वामस सेल कार्सिनोमा’ हो । सन् २०१२ मा ८६९ जना महिलालाइ अष्ट्रेलियामा सर्भिकल क्यान्सर भएको पाइएको छ । ८५ बर्षको उमेरमा १५२ जनामध्ये एक जना महिलालाई सर्भिकल क्यान्सर हुने सम्भावना रहने ‘क्यान्सर काउन्सिल अष्ट्रेलिया’ बताउछ ।
के हुन सर्भिकल क्यान्सरका संकेतहरु?
१. महिनावारी हुने समयको बिचमा पनि रक्तश्राव भइरहनु
२. महिनावारीको समयमा पनि सामान्यभन्दा बढी रक्तश्राव हुनु
३. यौनसम्पर्कको समयमा रक्तश्राव हुनु
४. यौनसम्पर्कको समयमा दुख्नु
५. थकाई अत्याधिक लाग्नु
६. गोडा दुख्नु अथबा सुन्निनु
७. ढाड दुखिरहनु
परिक्षण विधी
१. मासुको परिक्षण (बायोप्सि)
२. बिषेश प्रकारको यन्त्रद्वारा परिक्षण (कोल्पोस्कोपि)
सर्भिकल क्यान्सर हुन नदिने उपायहरु
सर्भिकल क्यान्सर रोकथामका लागि अष्ट्रेलियामा करिब १२ बर्षको उमेरमा केटिहरुलाई HPV नामको भ्याकसिन दिने गरिन्छ । यसले अन्यखाले क्यान्सरसमेत रोक्ने भएकाले सन् २०१३ देखी केटाहरुलाई पनि दिन थालिएको छ ।
उपचार
सर्भिकल क्यान्सर लागिसकेको पाइएमा रोगको गम्भिरताका आधारमा बिभिन्न उपचार पद्वति प्रयोग गर्ने गरिन्छ । यदि बढेको मासु ४ सेमीभन्दा कम छ भने अप्रेसन र कुनै अवस्थामा अप्रेसनपछी ‘केमोथेरापी” गर्ने गरिन्छ । रोग बढीसकेको पाईएमा रेडियोथेरापि र केमोथेरापी ( किस्प्लाटिन नामको औषधी) को प्रयोग गरिन्छ । रोग धेरै नै पुरानो भए दुखाई कम गर्ने औषधिको प्रयोग गर्दै मृत्युसम्म राम्रो हेरचाहको व्यवस्था गर्ने गरिन्छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस