एडिलेडमा आन्तरिक जागरण तथा आध्यात्मिक गोष्ठी सम्पन्न

२६ मार्च २०१६, एडिलेड-  ‘सत्सङ्ग यात्रा परिवार’ को अगुवायिमा एडिलेडका सम्पुर्ण संघ-सस्थाहरुसँगको सहकार्यमा आज 31- 39 Norfolk Road, Marion SA 5043 मा  ‘अान्तरीक जागरण एवं आध्यात्मिक गोष्ठी २०१६’ सम्पन्न भएको छ । कार्यक्रम दिनको ठिक१ बजेबाट  ५ बजे सम्म चलेको थियो । कार्यक्रम  योग बिज्ञानको क्षेत्रमा १५ बर्षभन्दा बढी समयदेखी काम गरिरहनुभएका नेपालका सुप्रसिद्द  डा. चिन्तामणी  योगी  को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

शुरुवातमा कार्यक्रम संचालक राजु उपाध्यायले कार्यक्रमका कार्यतालिका जानकारी गराउनु भए पश्चात सहभागितामुलक रुपमा डा. चिन्तामणि योगीले योग र अध्यात्मका बारेमा प्रवचन दिनुभएको थियो । त्यसपछि प्रवासि जिवनमा सवैभन्दा आवश्यक कुरा   “तनाव व्यवस्थापन” बारे योगीले पावर पोइन्ट प्रस्तुति दिनुभएको थियो । योगीले मस्तिस्कलाई तनाव गराउने संम्भावित कारणहरु प्रस्तुत गर्दै प्रवासी जिवनमा हुनसक्ने तनाव र त्यसका व्यवस्थापनका उपायहरुवारे बताउनुभएको थियो ।  अाफु, परिवार, आफ्नो शरिर लगायतको हेरचाह गर्दै आफ्नो आत्माको पनि हेरचाह गर्न योगीले सबैलाई आग्रह गर्नुभएको थियो र आत्माको हेरचाह भनेको आन्तरिक जागरण भएको र जिवनका सबै प्रश्नहरुको जवाफ आफैं भित्रबाट भेट्न सकिने र आफुमाथि विजय नै जिवनमा सवैभन्दा ठुलो कुरा रहेको पनि बताउनु भएको थियो । उपस्थिरहरुले निकै चाख दिएर प्रवचन सुनिरहेका थिए ।

एडेलेमा रहेका संघ-सस्थाका प्रतिनिधि तथा सर्वसाधारणको बाक्लै उपस्थिति रहेको कार्यक्रमको अन्त्यमा डा. योगीले जहा बसेपनि र जुन देशको नागरिकता बोकेपनि नेपाली नै हाम्रो राष्ट्रियता रहने भएकाले देशलाई माया गर्नुपर्ने सन्देश दिनुभएको थियो । उहाले हातमा हात मिलाएर मानव साङ्लोको निर्माण गराउदै नेपालमा विध्यमान जातीय, क्षेत्रिय लगायतका विभेदहरु त्यागेर देशनिर्माणका लागे नेपाल बन्न समय नलाग्ने भन्दै सबैलाई एक भइ देशविकाशमा लाग्न आव्ह्वानसमेत गर्नु भएको थियो ।

योगीले हिजो एडिलेड नेपाली विद्यालयका वालवालिकाहरुलाई दिक्षा दिनुभएको थियो भने भोली अर्थात २७ मार्चका दिन डा. योगीको सम्मानमा दक्षिण अष्ट्रेलियाका लागि नेपालका अवैतानिक बाणिज्यदुत दिपक धमलाले बिहान १० बजे उहाको निवास (133 Portrush Rd, Evandale SA) मा चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ ।

योगीले नेपाल तथा भारतमा विभिन्न संस्थाहरुको माध्यमबाट अान्तरिक जागरण, आत्म अनुशासन, तनाव व्यवस्थापनलगायतका  विषयहरुमा प्रवचन दिने गर्नुभएको छ । यसैगरी उहाले ललितपुरमा हिन्दु बिद्यापिठ विद्यालय, काठमाण्डौ कोटेश्वरमा शान्ति परिवार नामको आध्यात्मिक संस्थाहरुको सञ्जाल,  शान्ति सेवा केन्द्र, सोसाइटि फर भ्यालु एजुकेशन, दाङमा वालवालिका शान्ति गृह तथा शान्तिका लागि युवा समाज लगायतका संस्थाहरु संचालन गर्नुहुन्छ ।

Leave a Reply