ताजा खवरहरु:

एडेलेडमा आन्तरीक जागरण एवं आध्यात्मिक गोष्ठी हुदै

६ मार्च २०१६, एडेलेड (मिलन दाहाल)- ब्यस्ततै ब्यस्तताको विदेशमा पनि एडेलेडबासी नेपालीहरुले अध्यात्मको सहयोगले अाफुभित्र आन्तरीक जागरण गराउने अवशर पाउने भएका छन । 'सत्सङ्ग यात्रा परिवार' ले एडेलेडका सम्पुर्ण संघ-सस्थाहरुसँगको सहकार्यमा आगामी २६ मार्च शनिवारका दिन 31- 39 Norfolk Road, Marion SA 5043 मा  'अान्तरीक जागरण एवं आध्यात्मिक गोष्ठी २०१६' को आयोजना गर्न लागेको हो । कार्यक्रम दिनको ठिक १ बजेबाट  ५ बजेसम्म चल्ने छ । कार्यक्रमका प्रमुख अतिथि योग बिज्ञानको क्षेत्रमा १५ बर्षभन्दा बढी समयदेखी काम गरिरहनुभएका नेपालका सुप्रसिद्द योगी डा. चिन्तामणी गौतम रहनुहुनेछ ।

२६ मार्चका दिन अपराह्नको १ बजेदेखी २:३० बजेसम्म योगी डा. चिन्तामणी गौतमले योग र अध्यात्मका बारेमा प्रवचन दिनुहुने कार्यक्रम रहेको छ भने २:३० देखी ४:३० सम्म अन्तरक्रिया र प्रश्न-उत्तरको सिलसिला चल्ने छ । यसपछि, ४ बजेदेखी ५ बजेसम्म अन्तरकृयाबाट प्राप्त हुन आएको निश्कर्षबारे कुरा हुनेछ र ५ बजे कार्यक्रम समापन हुने छ ।

को हुन योगी डा. चिन्तामणि गौतम ?

बुद्दको जन्मस्थान लुम्बिनीमै जन्मनुभएका  योगी डा. चिन्तामणि गौतम १५ बर्षभन्दा बढी समयदेखी योग बिज्ञानका क्षेत्रमा काम गरिरहनुभएको नेपालका शुप्रसिद्द योगगुरु हुनुहुन्छ । उहाले योगा र यसको उत्पत्ति र संस्कृतिवारे अध्यायन गर्न भारतका योगी तथा सन्तहरुसँग लामो समय व्यथित गर्नुभएको छ । त्यसपछि योगावारे उहाले विश्वविद्यालयमा अध्यायन थाल्नुभयो र पछि योगा बिज्ञानमै २ बर्षको स्नाकोत्तर र पि. एच डि समेत गर्नुभएको छ ।  उहाले योगावारे नेपाल तथा भारतमा धेरै नै आध्यात्मिक कार्यक्रम एवं  गोष्ठीहरु गर्नुभएको छ ।

सस्कृतमा निक्कै अब्बल डा. योगीले योगा र अान्तरीक ज्ञानवारे गहिरो अध्यायन गर्नुभएको छ । पहिले बिज्ञानका विद्यार्थी भएका कारण मानव शरीरवारे राम्रो ज्ञान रहेको छ र पछि योगा र  अान्तरीक ज्ञान अध्यायन गरेकाले उहाले शरीर र योगलाई जोडेर राम्रोसँग ब्याख्या गर्न सक्नुहुन्छ । हासो- ठट्टा गर्दै निकै मिलनसार तवरले ज्ञान दिने उहाको तरीका अत्यन्त प्रभावकारी मानिन्छ । उहाको शिक्षा दिनै शैलीलाई शालिन, गहन, पुर्ण, प्रेमपुर्वक, प्रयोगात्मक, वैज्ञानिक, संयमित, आत्मविश्वासी, खोजमुलक, खुला, परिवर्तनशिल अादि भनेर ब्याख्या गर्ने गरिन्छ । उहा सवै धर्म-सस्कृति, भाषा, भौगोलिकता आदिका मान्छेहरुलाई उत्तिकै सम्मान गर्नु हुन्छ ।

ध्यान तथा योगामा भर्खर शुरु गर्ने तथा केहि अनुभव भइसकेका दुबैलाई उहाले ज्ञानको स्तरका आधारमा प्रभावकारी ज्ञान प्रदान गर्न सक्नु हुन्छ ।

के हो अध्यात्म ?

अध्यात्म शास्त्र शोध संस्थान (एस.एस.आर.एफ.) भारतले हाम्रो पाँच ज्ञानेन्दिय, मन (अर्थात संवेदना, भावना र ईच्छा) तथा बुद्दि (अर्थात निर्णय प्रक्रिया) माथि रहेको सम्पुर्ण कुराहरुलाई अध्यात्म भनेर परिभाषित गरेको छ । अर्थात काम, क्रोध, लोभ, मोह, अहंकार, मन र बुद्दिको प्रभावभन्दा माथिको अवस्थामा प्रवेश गर्नु नै अध्यात्म हो ।

हामीलाई किन अावश्यक छ अाध्यात्मिक ज्ञान?

प्रतिस्पर्धा र विश्वब्यापिकरणको आजको दुनियामा वैज्ञानिक आविश्कारहरुले एकातर्फ जीवनलाई सहज बनाउदै लगेको छ भने मष्तिष्कमा तनाव थोपर्दै लगेको छ । वस्तु तथा सुबिधाहरुमा हाम्रो पहुच त बढ्दो छ तर फलस्वरुप हाम्रा दायित्वहरुहरुपनि बढिरहेछन, र त्यो बढ्दो दायित्वको असर हाम्रो मगजमा पर्न जान्छ, तसर्थ कुनै न कुनै रुपमा हुने मानसिक रोगीहरुको संख्या हरेकदिन बढ्दो छ ।  ‘सेन अष्ट्रेलिया’ भन्ने संस्थाका अनुसार करिब अाधा (४५%) जनसंख्याले जीवनको एक अवधिमा कुनै न कुनै खाले मानसिक समस्याबाट गुज्रने गरेका छन, र यो प्रतिसत हरेक बर्ष बढ्दो छ । यसका साथै हरेक ५ जनामध्ये १ जना अष्ट्रेलियनले हरेक बर्ष मानसिक रोगको सिकार हुनेगरेको छ  र कम्तिमा १ तिहाइ युवाहरुले २५ बर्षभन्दा कम उमेरमा कुनैखाले मानसिक समस्याको सिकार हुने गरेका छन ।

तसर्थ, जिवन र जगतवारे समयमा नै सहि ज्ञान लिनसक्ने र योग र साधनाको माध्यमबाट तनावलाई व्यवस्थापन गर्न सक्ने हो भने धेरैखाले मानसिक रोगहरुबाट सहजै मुक्ति पउन सकिन्छ । हामी आफ्नो जन्मस्थान र आफन्तहरुभन्दा निकै परको यो देशमा आफ्नो र सन्ततिहरुको भविष्य खोजिरहेछौं, यसैपनि हाम्रो तनावको स्तर माथी छ । त्यसमाथी सिकेको भाषा, नौलो कार्यपद्दति, हामीले भोगीआएको भन्दा पृथक संस्कृति, नियमकानुन तथा अभ्यास शैलिहरुका कारण हामी अझ बढी मानसिक समस्याको संभावनामाझ छौ । तसर्थ आफुलाई मानसिक समस्याहरुबाट टाढा राख्नका लागि हामीलाई आध्यात्मिक ज्ञान र अभ्यासको अझ बढी जरुरी रहेको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading