टिभी रिपोर्टरमाथी चरम यौन शोषण भएको खुलासा
१२ फेब्रुवरी २०१६, तेहरान, इरानको अंग्रेजी न्यूज च्यानल प्रेस टीभीकी पूर्व न्यूज रिडर शीना शिरानीले साहस गरेर आफूमाथि भएको यौन उत्पीडन उजागर गरेकी छन् । उनले बोलेपछि दोस्रा इरानी महिनाले पनि मौनता तोडेकी छन् । परम्परागत रुपामा अहिलेसम्म इरानमा महिलाहरु यस्तो समस्यामा ध्यान दिँदैनन् ।
उनका अनुसार उनले लामो समयसम्म आफ्ना दुई म्यानेजरलाई सहिन् । आफ्नो आरोप पुष्टि गर्न उनले फोनमा भउको कुराकानी रेकर्ड गरेर अनलाइनमा पोष्ट गरेकी छन् । जसमा शीनासँग उनका हाकिम हामिद रेजा इमादीले लगातार यौन उत्पीडन गरेको प्रष्ट बुझ्न सकिन्छ ।
यसअद्धि शिरानीले आफ्नो जागिर र देश दुबै छाडिन् । अबसम्म उनको यो फोन सम्वाद १ लाख २० हजारले सुनिसकेका छन् ।
शिरानीपछि इमादीले त्यो सन्देश पनि शेयर गरेका छन्, जसमा उनले फोन रेकर्ड फिर्ता लिने कुरा गरेकी छन् ।
प्रेस टीभीले भने अनुसन्धान चलिरहँदासम्म दुबै कर्मचारीलाई निलम्बन गरेको बताएको छ । निलम्बिन गरिएका मध्ये एक इमादी भएको अनुमान गरिएको छ ।
इरानको इक सरकारी समाचार एजेन्सीका अनुसार प्रेस टीभीले आफ्नो वक्तव्यमा अडियो फाइल कानुनी रुपमा स्वीकार्य गर्न योग्य नभएको र कुनै उजुरी पनि नपरेको बताएको छ । तर, विषय गम्भीर भएकाले छानविन गर्ने बताएको छ ।
यो अडियो फाइल राजनीतिक कारणले बनाइएको र उनीहरुले इरानी व्यवस्थाको विरोध गरेको समेत उसले बताएको छ । शिरानीले अहिलेसम्म उजुरी नगरेकाले यो विषय शंकास्पद भएको टीभीले बताएको छ ।
शिरानीले भने जोविरुद्ध उजुरी गर्नुथियो, उनी नै अभिव्यक्त भएको बताएकी छन् । उनका अनुसार केही मिनेट ढिला भएकामा सजाय दिइएको र सरकारी संगठनमा आश्वयक ड्रेस कोड पालना नगरेकामा जरिवाना गरिएको थियो ।
उनले भनेकी छन्, मलाई एक पेशेवर होइन एक यौन वस्तुको रुपमा मात्र लिइयो ।
उनको समर्थनमा मानिसहरु देखिएका छन् । फेसबुकमा उनको साहस प्रसंसनीय भएको भन्दै उनको समर्थन गरिएको छ । यद्यपि केहीले भने विरोध गरेका छन् ।
(बीबीसी हिन्दीबाट )
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस