ताजा खवरहरु:

अष्ट्रेलियामा नेपाली विद्यार्थीको अाश्चर्यजनक मृत्यु

12650672_10205692892470429_1575904774_n[1]१२ फेब्रुवरी, सिड्नी- "आयो टप्प टिप्यो, लग्यो, मिती पुग्यो, टारेर टर्दैन त्यो, इन्द्रै बिन्ती गरुन झुकेर कदमा त्यो बिन्ती सुन्दैन त्यो । "

मृत्यु कठोर हुन्छ, भयाबह हुन्छ, कहालीलाग्दो हुन्छ । मरेर जानेकालागी भन्दापनि बढी मर्नेका आफन्तजनका लागी । सुन्दर भविष्यको सपना बोकेर प्रवासिने नेपालीहरुको संख्या दिनहु बढ्दो छ । सिड्नीमा भर्खरै यस्तै एक घटना घट्यो । सन् २००९ मा सुन्दर सपना सजाउने कल्पना गर्दै बिधार्थी भिसामा अष्ट्रेलिया आएका धादिङ जिल्ला घर भइ काठमाण्डौ सानो भर्याङ बस्ने मिलन अधिकारी रातमा राम्रै सुतेका कहिल्यै नउठ्ने गरी निदाए । 

 ३८ पार्क एभेन्यु बरउडमा तीन साथिहरुसँग बस्दै आएका मिलन अधिकारी हिजो साँझ सकुशल सुते र कहिल्यै उठेनन् । अघिल्लो रात करिब १ बजे तिर कोठामा बस्ने सबैजना खाना खाएर ठट्टा गर्दै सुतेका थिए, बिहान ५ बजे काममा जानुपर्ने मान्छे ५:३० सम्म पनि नउठेपछी अर्को रूममा बस्ने साथी उठाउन जाँदा शरिरमा कुनै हलचल भेटेनन र सबैजना उठेर एम्बुलेन्स बोलाएका थिए ।

केहिबेरमा एम्बुलेन्स आयो बिशेषज्ञ टोलिसहित र उनीहरुले अधिकारिलाई मृत घोषित गरेका थिए । सँगै सुत्ने धादिङ्कै साथी कृष्ण श्रेष्ठ आफु राती ३ बजे कामबाट थकित भएर आएको र सँगै सुत्दा पनि केहि थाहा नपाएको बताए । अधिकारी परिवारको एक्लो छोरा हुन ।

अष्ट्रेलिया आएको ७ बर्ष भएपनी अझै बिधार्थी भिषामा नै रहेको र अहिलेसम्म नेपाल नगएको मृतक अधिकारिकी दिदी अर्पना शर्माले बताउनु भयो । मृत्युको कारण खुल्न सकेको छैन, उनको मृत शरिरलाई पोस्ट्मार्टमको लागी लगिएको छ । परिवारले छोराको मुख हेर्ने मन गरे पछी उनको मृत शरिरलाई अन्तिम संस्कारको लागी नेपाल लाने परिवार श्रोतको भनाइ छ ।

उनको परिवार र आफन्तले अष्ट्रेलियामा रहेको नेपाली समुदायलाई सहयोगकोलागी अनुरोध गरेका छन । सहयोगको लागी स्वर्गीय अधिकारीकी दिदीको निम्न खातामा रकम जम्मा गर्न सकिनेछ: Ac Name: Arpana Sharma kattel Bsb: 062271 Ac: 10193399 ( Commonwealth Bank) त्यसै गरि धादिंग समाज अस्ट्रेलियाले पनि सम्पूर्ण मनकारीहरु लाई यो विपदमा आफुले सकेको सहयोग गरिदिनु हुन अनुरोध गरेको छ ।

धादिंग समाज अस्ट्रेलियाको तर्फबाट कोषाध्यक्ष राधिका बाँनियाले सोसियल मिडिया मार्फत निम्न खाता नम्बरमा आफुले सकेको सहयोग गरिदिनु हुनु सबै दाजु-भाई दिदि-बैनीहरुलाई अनुरोध गर्नु भएको छ। Ac Name: Radhika Baniya BSB: 732088 Ac: 702739 ( Westpac Bank)


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading