ताजा खवरहरु:

अन्तराष्ट्रिय नेपाली कलाकार समाजको एडेलेड च्याप्टर गठन

अन्तराष्ट्रिय नेपाली कलाकार समाज एडेलेडका नवनिर्वाचित कार्यसमिती विभिन्न सस्थाका प्रतिनिधीहरुको साथमा

१ फेब्रुअरी २०१६, एडेलेड- अन्तराष्ट्रिय नेपाली कलाकार समाजले आफ्नो शाखा एडेलेडमापनि बिस्तार गरेको छ । हिजो ३१ जनावरीका दिन युनिभरसिटी अफ साउथ अष्ट्रेलियाको मसन लेक क्याम्पसमा भएको अन्तराष्ट्रिय नेपाली कलाकार समाज- अष्ट्रेलियाको बार्षिक साधारण सभाको दिनमै एडेलेड च्यापटरको गठन भएको हो । हिजो भएको निर्वाचनले सात सदस्यिय कार्यसमिति चयन गरेको छ भने उक्त कार्यसमितिले आवश्यकताअनुसार सदस्य थप गर्ने छ । हिजो निर्माण भएको कार्यसमिति यस्तो रहेको छ;

अध्यक्ष- विकाश शर्मा पोखरेल
महासचीव- दया पराजुली
सचीव- मिलन दाहाल
कोषाध्यक्ष- इन्दु भट्टराइ
सदस्यहरु- गंगा सुबेदी, मंदिरा रिजाल र अविशेक जोसी

उपस्थित एवं साहित्यकार निष्प्रभ सभीका साथमा डिनर

सबै सघसस्थाका प्रतिनिधीहरु एवं एडेलेडमा वुद्दिजिवी एबं अन्य महत्वपुर्ण ब्याक्तित्वहरुको उपस्थितीमा हिजो सम्पन्न अन्तराष्ट्रिय नेपाली कलाकार समाजको बार्षिक साधारण सभामा गएको एक बर्षमा अन्तराष्ट्रिय नेपाली कलाकार समाजले गरेका कार्यक्रमहरुका बारेमा समाजका अध्यक्ष रामकृष्ण निरौला एबं महासचीव संगीता बुढाथोकीले प्रकास पार्नुभएको थियो भने आर्थिक विवरण सस्थाका कोषाध्यक्ष दिपक लामाले पेश गर्नुभएको थियो । एडेलेड च्याप्टरको कार्यसमितिको निर्वाचन भने गैर आवासिय नेपाली संघ साउथ अष्ट्रेलियाका सचीब नबीन पन्तले गराउनुभएको थियो । यसका साथै कार्यक्रममा भावी रणनीति एबं कार्यक्रमहरुका बारेमा समेत बृहत छलफल भएको थियो ।

बार्षिक विवरण सुन्दै उपस्थितहरु

नवनिर्वाचित कार्यसमितिले बिश्वब्यापी रुपमा फैलिदै गएको नेपाली कला, साहित्य , संगीत , चलचित्र आदि विविध बिधामा आवद्ध कलाकार तथा कलाप्रेमीहरुको साझा संगठनको रुपमा रहेको यस अन्तराष्ट्रिय नेपाली कलाकार समाजलाइ आगामी दिनमा सबैको सल्लाह सुझाब मनन गर्दै नेपाली कला, साहित्य र संस्कृतिको उत्थान, नेपाली चलचित्रको प्रवर्द्धन एवं कलाकार तथा साहित्यकारहरुको हितको लागि निरन्तर आगाडी बढ्ने दृढता व्यक्त गर्न गरेको छ ।

बार्षिक साधारणसभाको कार्यक्रमपछि सिड्नीबाट आउनुभएका कवी एबं साहित्यकार ‘निष्प्रभ सजी’ ले वातावरणलाई प्रेम कवितामय बनाउनुभएको थियो । उपस्थित सबैले निकै उत्सुकताका साथ उहाका कविता सुनेका थिए ।

साहित्यकार निष्प्रभ सजी कविताबाचन गर्दै


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading