ताजा खवरहरु:

एडेलेडमा बहुसंस्कृति मन्त्रीको साथमा यसपालीको लोसार

३० जनावरी २०१६, एडेलेड- एडेलेडमा रहेको नेपाली तथा भुटानी बुद्दिष्ट  समुदायले संयुक्तरुपमा भब्यताका साथ मनाउने तय भएको यसपालीको लोसारमा साउथ अष्ट्रेलियाकि बहुसंस्कृती मन्त्री जोय बेटिसनको उपस्थिति पनि हुने कुराले आयोजकहरु थप उत्साहित भएका छन । बहुसंस्कृती मन्त्री जोय बेटिसनको उपस्थिति आज पक्का भएको अायोजकका तर्फबाट अनलाईन एडेलेडलाई जानकारी आएको छ । कार्यक्रम आगामी फेब्रुअरी ८ तारीकका दिन लाट्भियन हल (Latvian Hall, Wayville) मा साँझ ५.३० बाट शुरु हुनेछ ।

कार्यक्रममा प्रवेश निशुल्क रहेको छ भने निशुल्क भोजनको समेत ब्यवस्था गरिएको छ । कार्यक्रममा बिशेष पेय पदार्थका रुपमा तोङ्वा रहने छ भने एक बिशेष प्रकारको ब्रेड “खासे” को समेत मजा लिन सकिने छ । अर्को मुख्या आकर्षणका रुपमा रहने सांस्कृतिक कार्यक्रमका लागी नेपालबाट कलाकारद्वय प्रेम लोप्चन तथा ईन्दिरा लामा आउने छन भने डिजे रोज लगायतका एडेलेडका स्थानिय कलाकारहरुको बेजोड प्रश्तुतिले समेत उपस्थितहरुलाई बिशेष मनोरञ्जन गराउने विश्वास गरुएको ।

कार्यक्रम निकै भब्य हुने एडेलेडवासीहरुले अड्कल गर्न थालेसगै आयोजकहरु कार्यक्रमलाई व्यवस्थित बनाउन लागी परेका छन । कार्यक्रमलाई मुख्य रुपमा दिम्दुङ समाजले आर्थिक सहयोग गरेको छ भने एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस, काठमाण्डौ प्यालेस रेष्टेरेन्ट, बुमरेङ्ग एजुकेसनल कन्सल्टेन्सी, ड्याड्डीज फोन, सुवर्ण फाइनान्स लगायतको पनि सहयोग रहेको छ ।  कार्यक्रमलाई मिडियामा तामाङ अनलाईन मिडिया र अनलाईन एडेलेडले सहयोग गरेका छन ।

कार्यक्रम संचालनका लागी नेपाली सथा भुटानी समुदायका सदस्यहरु सम्मिलित ५१ सदस्यीय ल्होसार मुलसमारोह समिति एडिलेड गठन गरिएको छ, जसको संयोजन छेदा लामाले गरिरहेका छन भने छेदुप लामा, बिर्ख गुरुङ्ग, पाल्देन लामा, दीपक लामा लगायत रहेका छन । उपस्थित भइ कार्यक्रमको सोभा बढाइ सहयोग गर्नका लागी आयोजकहरुले सम्पुर्ण संघ-सस्थाका प्रतिनिधी तथा सर्वसाधारणलाई आग्रह गरेका छन् ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading