आयरल्याण्डलाई हराउदै नेपाल (यू19) विश्वकप क्वाटरफाइनलको नजिक
३० जनावरी २०१६, एडेलेड- यू-१९ विश्वकप क्रिकेटमा नेपालले आयरल्याण्डमाथि ८ विकेटको शानदार जित हात पार्दै क्वाटरफाइनलको नजिक पुगेको छ । यस जीतमा सन्दिप लामिछानेको हृयाट्रिकको ठुलो भूमीका रहेको छ ।
नेपालको यो लगातार दोस्रो जित हो र यो जितसँगै नेपाल दोस्रो चरण नजिक पुगेको छ । अहिले भइरहेको अर्को खेलमा भारतले न्यूजिल्याण्डलाई हराएको खण्डमा नेपाल समूह चरणको अन्तिम खेल अघि क्वार्टरफाइनलमा पुग्नेछ ।
समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग खेल्नु पर्नेछ । त्यसअघि नेपाल ४ अंकसहित समूहको शीर्ष स्थानमा छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस