‘म नेपाली’ ले गर्यो झापाको विद्यालयलाई करीब २ लाख ३० हजार सहयोग
२९ जनावरी २०१६, सिड्नी- अष्ट्रेलियाका केही जागरुक नेपाली युवाहरुले शुरु गरेको 'म नेपाली' अभियानले अभियान शुरु गरेको करीब तीन हप्तामा झापाको एक बिद्यालयलाई करीब २ लाख ३० हजार सहयोग गरेको छ । 'पहिलो परीयोजना' अन्तर्गतको उक्त सहयोग झापाको शरणामतीमा अवस्थित 'श्री भृकुटी निमावि' लाई गरिएको हो ।
२०३६ सालमा गणेशलालको घर र गाईगोठबाट प्ररम्भ भएको उक्त बिद्यालय अाज त्यस ठाउँवरपरको वालवालिकालाई शिक्षाको उज्यालो छर्ने मैनबत्तिका रुपमा स्थापित भइसकेको छ । हाल कक्षा ७ सम्म पढाइ हुने उक्त विद्यालयमा ४९३ विद्यार्थी अद्यायनरत छन भने १४ पुर्णकालिन कर्मचारीहरु रहेका छन ।
उक्त रकम विद्यालयको शैक्षिक स्तर उन्नतिका लागी प्रयोग हुने बताइएको छ । केही समयमात्र अघि जिल्ला शिक्षा अधिकारीबाट बिद्यालयको पुस्तकालयको उद्घाटन भएको थियो । यसका साथै जिल्ला शिक्षा कार्यालयले एकथान प्रोजेक्टर तथा स्मार्ट बोर्डपनि उपलब्ध गराईएको थियो भने स्थानियले पुस्तकालयका लागी पुस्तक, फर्निचर लगायतका सामाग्रि सहयोग गरेका थिए ।
उक्त संकलनमा मुख्य सहयोग अमर रिसाल (अष्ट्रेलियन डलर ७५०), तीर्थ खतिबडा (अष्ट्रेलियन डलर ५००) र रमेश कार्की को रु ५००००.०० सहयोग उपलब्ध गराउने प्रतिबद्दता रहेको थियो ।
‘म नेपाली’ नेपालको सरकारी विद्यालयको शैक्षिक स्तर उकास्नका लागि अष्ट्रेलियामा युवाहरुले थालेको अभियान हो । यसमा एकदमै सानो (महिनाको १ डलर सम्म) पनि सहयोग गरी सदस्य बन्न सकिने छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस