अन्तराष्ट्रिय नेपाली कलाकार समाज अष्ट्रेलियाको साधारण-सभा हुदै
२९ जनावरी २०१६, एडेलेड- अन्तराष्ट्रिय नेपाली कलाकार समाज- अष्ट्रेलियाको साधारण सभा आगामी जनावरी ३१ का दिन एडेलेडमा हुदैछ । यसैदिन अन्तराष्ट्रिया नेपाली कलाकार समाज- एडेलेड च्याप्टरको समेत गठन हुने विश्वास गरिएको छ । यसका साथै समाजको वार्षिक आर्थिक विवरणपनि सार्वजनिक हुनेछ भने भावि योजना र लक्षका बारेमा पनि छलफल हुने बताईएको छ ।
कार्यक्रम एडेलेडको उत्तरतर्फ रहेको युनिभरसिटी अफ साउथ अष्ट्रेलियाको मसनलेक क्याम्पसको सभाहलमा स्थानिय समअनुसार दिउसो १.१५ देखी ३ बजेसम्म हुनेछ ।
संस्थाको साधारण सभापछि प्रमकवी ‘निष्प्रभ सभी’ को प्रेम कविता संग्रह ‘डार्लिङ हार्बर’ पनि सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । कवी निश्प्रभ शभी आफैले कविता बाचन गरि सुनेउने छन । उक्त कार्यक्रम साझ ५ बजेसम्म चल्ने छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस