एडेलेड नेपाली समाजद्वारा भुकम्प-पिडीतका लागी उठाएको रकम एनआरएनलाई हस्तान्तरण
२२ जनावरी २०१६, एडेलेड- एडेलेड नेपाली समाज- अष्ट्रेलियाले नेपालका भुकम्प-पिडितका लागी उठाएको रकम गैर आवाशिय नेपाली संघ- दक्षिण अष्ट्रेलियाको बैक खातामा जम्मा गरिएको बताएको छ । उक्त जानकारी समाजका सचीव अशोक केसीले अनलाईन एडेलेडलाई दिनुभयो । समाजको निर्वाचन, नेतृत्व परीवर्तन लगायतका विविध आन्तरीक कारणहरुले रकम हस्तान्तरण हुन समय लागेको बताईएको छ । 'अष्ट्रेलिया डे' परेडको तयारीका क्रममा भएको बैठकमा नै यसवारे समाजकी अध्यक्ष सन्तोषी गौतमले जानकारी दिनुभएको थियो । सोही दिन
गैर आवाशिय नेपाली संध- साउथ अष्ट्रेलिया संयोजक नवीन कडेलले रकम नेपालमा गैर आवाशिय नेपाली संघले भुकम्पपिडितका लागी निर्माण गरिरहेको एक हजार घर निर्माण अभियानमा प्रयोग हुने बताउनुभयो । यसैगरी फ्लिण्डर युनिभर्सिटीमा रहेको नेपाली विद्यार्थी संगठनले हस्तानतरण गरेको रकम समेत गैर आवाशिय नेपाली समाजले सोही प्रयोजनका लागी उपयोग गर्ने वुझिएको छ ।
एडेलेड नेपाली समाजको संलग्नतामा गत साल जुन १२ का दिन ‘मल्टिकल्चरल च्यारिटी डिनर’ कार्यक्रमको आयोजना भएको भियो । यसै गरी एडेलेड नेपाली समाजले पनि छुट्टै रकम संकलनको कार्य गरेको थियो । यसका साथै फ्लिन्डर युनिभरसिटीका नेपाली बिद्यार्थीहरुले पनि भुकम्प पिडितको सहयोगार्थ युनिभरसिटीमै रकम संकलनको काम गरेको थियो ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस