एडेलेडको वीचमा सात मिटरको सार्क
१८ जनावरी २०१६, एडेलेड- एडेलेडको बीचमा सम्भवत अहिलेसम्मकै ठुलो 'सार्क' देखिएको छ । सार्क एडेलेडको दक्षिणी बीच 'मेरिनो' बीचमा देखिएको हो ।
वेस्टप्याक हेलिकप्टरका सदस्यले उक्त सार्कको फोटो लिएको 7 News ले बताएको छ । "यो हामीले आजसम्म देखेको मध्ये सबैभन्दा ठुलो हो, हामीले अझ सानो बनाएर खिचेका हौं । " सार्क अलर्ट साउथ अष्ट्रेलियाको फेसबुक पेजमा भनिएको छ ।
केही मानिसहरुले ७ मिटर लामो सार्क हुनै सक्दैन भनेर कमेन्ट गरेकोमा ‘सार्क अलर्ट साउथ अष्ट्रेलिया’ले सार्कबारे सचेत रहन आग्रग गर्दै ठुला सार्कहरु कम देखिने भएपनि हुदै नहुने भन्ने कुरा गलत हो’ भन्दै थुप्रै सुचनाहरु जारी गरिसकेको छ ।
“सार्क साच्चै ठुलो थियो” हेलिकप्टरका सदस्यहरुले भनेका छन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस