मलेसियाबाट ५५ हजार अवैध कामदार घर फर्किए, करीब आधा फर्किन बाकी
१८ जनावरी २०१६, मलेसिया- मलेसिया सरकारले आफ्ना देशमा रहेका अवैधानिक कामदार फर्कन १८ महिना दिएको समयसीमामा ५५ हजार नेपाली कामदार स्वदेश फर्किएका छन्।
गत २०१५ डिसेम्बर ३१ सम्ममा मलेसिया सरकारले अवैधानिक कामदारलाई स्वदेश फर्कन आग्रह गरेको थियो । अवैधानिक कामदारलाई स्वदेश फिर्तिका लागि पहल गर्दै आएको इमिग्रेसनका पूर्व कर्मचारीहरुकाे संस्था कोप्रासीले ३१ डिसेम्बरसम्ममा ५५ हजार कामदार पठाएको जनाएको छ।
‘हामीले गत महिना २०१५ को अन्तिमसम्ममा लगभग ५५ हजार अवैधानिक कामदार नेपाल पठायौं .कोप्रासीका भोलेन्टियर राजु शर्माले भने ।
उनका अनुसार मलेसियामा अब झन्डै ५० हजार अवैधानिक कामदार छन्। अवैधानिक कामदार जेल जाने र लुकेर बस्नुको विकल्प नभएको शर्माले बताए । अवैधानिक कामदार स्वदेश पठाउन दूतावासलाई पहिला कोप्रासी इमिग्रेसनले सहयोग गर्दै आएको थियाे ।
कोप्रासीले जम्मा १२ देखि १४ सय रिंगिट लिएर अवैधानिक कामदारहरुलाई सहज रुपमा स्वदेश पठाइरहेको थियाे र अहिले एजेन्टहरुले ४ हजारदेखि ५ हजार रिंगिट लिएर गोप्य रुपमा कामदार पठाइरहेका छन् । चर्को रकम लिएर स्वदेश फर्कन लागेका कामदारमाथि केही एजेन्ट र व्यक्तिले ठगी गर्न थालेको गुनासो आइरहेका छन्।
यसैबीच मलेसियामा भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्रममा एनआरएन मलेसियाका अध्यक्षलगायतका पदाधिकारी सहभागी भएनन् । मलेसियामा रहेका नेपाली कामदारको अवस्था बुझ्न अख्तियारको टोली अहिले मलेसियामा छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस