ताजा खवरहरु:

‘अष्ट्रेलिया डे’मा सहभागीताका लागी नेपाली समुदायको तयारी तिब्र

१७ जनावरी २०१६, एडेलेड- अष्ट्रेलियामा 'युरोपियन सेटलमेन्ट' को स्मृतीस्वरुप हरेक बर्ष राष्ट्रिय पर्वका रुपमा मनाइने 'अष्ट्रेलिया डे'मा नेपाली समुदायको सहभागीताका लागी तयारी तिब्र पारीएको छ ।  आज एडेलेड शहरमा अवस्थित 'एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेस' को सभाहलमा एडेलेड नेपाली समाज-अष्ट्रेलियाको अगुवाईमा एनआरएन साउथ अष्ट्रेलियासहितको तयारी समितीको बृहत छलफललले नेपाली समुदायको प्रतिनिधित्वको खाका तयार पारीसकेको छ भने केही बिषयहरुमा भने थप छलफल गरी केही दिन भित्रैमा तयारी पुरा गरिने एेक्यवद्दता जनाईएको छ । अष्ट्रेलियाका बिभिन्न संघ-सस्थाका प्रतिनिधीहरुको उपस्थितीमा बृहत छलफलबाट बिगतका कमीकमजोरीबाट सिक्दै यसपालीदेखी नेपाली समुदायको प्रतिनिधीको स्तरमा बिषेश ध्यान दिईने बताईएको छ ।

‘पोहोरको हाम्रो पतिनिधित्वका वारेमा अायोजकहरुले परेडमा उपस्थितहरुको पोशाकमा केही टिप्पणी गरेका कारण यसपाली परेडमा सहभागी हुन नेपाली राष्ट्रिय अथवा जातीय पोशाकलाई अनिवार्य गरिएको छ।’ एडेलेड नेपाली समाजकि अध्यक्ष सन्तोषी गौतमले बताईन ।

यसैगरी नेपाली कलाकार समाज अष्ट्रेलियाका अध्यक्ष रामकृष्ण निरौलाले देशको बर्तमान परिस्थिती अनुसार तराई र पहाडियाहरुवीचको जातीय एकता एवं मेलमिलापका लागी जानकीमन्दिरको वरीपरी दौराशुरुवालले सजिएका मान्छेहरु हिड्दा देशमा समेत सकारात्मक सन्देश जानसक्ने धारणा राखेपछी त्सैअनुरुपको तयारी गर्न उपस्थित सबैले सहमति जनाएका थिए ।

भनेअनुसारका सामाग्रीहरु उपलब्ध हुन सकेमा यसपाली नेपाली समुदायको प्रस्तुती बिशेष हुने अपेक्षा गरिएको छ । परेडमा दुईबटा सवारीसाधन रहनेछन भने बिशेषप्रकारको ‘मुखुण्डो’ सहितको लाखेनाचको मजा विदेशिहरुले लिन सक्ने छन। एडेलेड नेपाली विद्यालयका वालवालिकाहरु नेपाली पोशाकमा सजिएर नेपलीहरु अष्ट्रेलियामा राम्रो सँग मिलेर बसेको सन्देश दिन नेपाल र अष्ट्रेलियाको झण्डा र कलश बोकेर अग्रपङ्तिमा दिखिनेछन् । जिउदो देवी अर्थात कुमारीको समेत प्रदर्षन गर्नका लागी सम्भाब्यताबारे एडेलेड नेपाली महिला समाजकि अध्यक्ष शर्मिला महर्जनले अध्यायन गरिरहनुभएको छ। त्यसपछी क्रमश: लाखेनाच र कलाकारको समुह रहनेछ । यसका साथै नेपालका बिभिन्न जातजातीका भेषभुषामा सजिएका समुदायका प्रतिनिधीहरुपनि रहनेछन।

परेडलाई ब्यवस्थित गर्न जिम्मेवरीसहितका स्वयमसेबकपनि खटाईने छन भने रा्ष्ट्रिय पोशाकमा उपस्थित हुन असमर्थहरुलाई अनिवार्य रुपमा परेडमा सहभागी नभइदिन आग्रह गरिएको छ । राष्ट्रिय पोशाकमा उपस्थित हुन असमर्थहरुले पनि दर्शक-दिर्घामा बसेर परेडको मजा लिन भने सक्नेछन । प्रतिनिधित्वको संयोजन एडेलेड नेपाली समाजका सचीव अशोक केसीले गर्दैछन । प्रतिनिधित्व समितीका संयोजक अशोक केसीले नेपालको राष्ट्रिय पोशाक अथवा जातीय पहिचान झल्किने पोशाकमा उपस्थित भएर सबै अाम नेपालीहरुमा आग्रह गरेका छन् ।

12576109_10205921159009898_796384925_n (1)अष्ट्रेलियामा ‘युरोपियन सेटलमेन्ट’को स्मृतीस्वरुप मनाउन थालिएको ‘अष्ट्रेलिया डे’ आजका दिनसम्म आईपुग्दा अष्ट्रेलियामा वसोबास गर्ने बिभिन्न जातजातीको पहिचान एवं मेलमिलापको दिवशका रुपमा मनाउन थालिएको छ । यसपटकको ‘अष्ट्रेलिया डे’ आगामी जनावरी २६ का दिन हुदैछ । परेड ‘भिक्टोरीया स्क्वायर’ को उत्तरमा अवस्थित ‘फ्रयांक्लिन स्ट्रिट’ बाट अपर्हान्न ४.३० शुरु भएर ‘टोरेन्स नदी’ को किनारमा अवस्थित ‘ईल्डर पार्क’ मा गइ समापन हुने छ । त्यसपछी बहुसास्कृतिक कार्यक्रम शुरु हुनेछ भने राती ९:३० बजे फायरबर्क सगै कार्यक्रमको समापन हुनेछ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading