७ वर्षको उमेरमा शरीरिक शोषण भयो- चर्चित भारतीय अभिनेत्री

१६ जनावरी २०१६, मुम्बाई – कंगना रनावतले आफूमाथि बलिउडकै एक व्यक्तिले करियरको सूरुआती दिनमा शोषण गरेको खुलासा गरेकी छिन् । यौन दुव्र्यवहार गर्न खोज्ने उक्त व्यक्तिलाई कंगनाले आफ्नो चप्पलले मात्रै हिर्काइनन् । प्रहरीमा समेत उजूरी दायर गरिन् । तर, कंगनाले उक्त व्यक्तिको नाम भने बताएकी छैनन् । उनले आफूमाथि दुव्यवर्हार गर्ने व्यक्ति बाबु समानको उमेरको रहेको बताएकी छिन् । उनले उक्त व्यक्तिले सबैभन्दा पहिलो टाउकोमा हिर्काएको बताएकी छिन् । प्रहरीले पनि उक्त व्यक्तिलाई सजाय नदिएर चेतावनी मात्रै दिएको उनले बताएकी छिन् । यस प्रकरणपछि मात्रै उक्त व्यक्ति कंगनाको पछि लाग्न छाडे ।
हिमान्चलदेखी मुम्बईसम्म कंगनाको यात्रा
– हिमान्चलमा सन् १९८७ मा कंगनाको जन्म भएको थियो
– उनी १६ वर्षको उमेरमा घर छाडेर दिल्ली आइन्
– दिल्लीमा उनी अस्मिता थिएटर ग्रुपमा आबद्ध भइन् र नाटकमा सक्रिय रहिन्
– २००५ मा उनी बलिउडमा काम खोज्दै मुम्बई आइन्
– मुम्बईमा सुरुआती दिन उनी सस्तो होटलमा बस्थिन् । त्यसपछि साथिहरुसँग मिलेर कोठामा बस्न थालिन् ।
– मोडलिङ करियर सुरु गरेपछि कंगनाले सन् २००६ मा ग्याङस्टार फिल्म खेलिन्
– यही चलचित्रबाट उनले उत्कृष्ट डेब्यु अभिनेत्रीको अवार्ड जितिन् ।
थुप्रैसँग जोडियो कंगनाको नाम
करियरका सुरुआती दिनमा कंगनाको नाम आदित्य पन्चोलीसँग जोडिएको थियो
दुई छोराका पिता आदित्यको उमेर कंगनाको भन्दा २१ वर्षले बढी छ । पत्नी जरीनालाई छाडेर आदित्य लामो समय कंगनासँग लिव–इन रिलेशनमा बसेको बताइन्छ । आदित्य पन्चलीसँग ब्रेकअपपछि कंगनाको नाम शेखर सुमनका छोरा अध्ययनसँग जोडियो । कंगनाको नाम अजय देवगन र बेलायती डाक्टर निकोलस लैफर्टीसँग पनि जोडिएको थियो ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस