‘अष्ट्रेलिया डे’ मा नेपाली समुदायको सहभागीता
१६ जनावरी २०१६, एडेलेड (मिलन दाहाल) - गएको केही बर्षदेखी नेपाली समुदायले 'अष्ट्रेलिया डे' मा सहभागीता जनाउदै आइरहेको छ । नेपाली समुदायको प्रतिनिधित्व गत बर्ष एडेलेड नेपाली समाजले गरेको थियो भने यस बर्षपनि एडेलेड नेपाली समाजले नै गर्ने करिब पक्कापक्कि भएको छ । हरेक बर्ष जनावरी २६ तारीकका दिन एडेलेडको भिक्टोरिया स्क्वाएरमा उत्तरीभागमा अवस्थित 'फ्र्याकलिन स्ट्रिट'बाट सुरु भएर 'किङ्ग विलियम स्ट्रिट' हुदै टोरेन्स नदीको किनारमा अवस्थित 'ईल्डर पार्क' सम्म बिभिन्न समुदाय आफ्नो परीचय झल्किने पोशाकमा अाफ्ना चिनारीका बस्तुहरुको साथमा पदयात्रा गर्ने गर्छन र त्यहा हुने सास्कृतिक कार्यक्रममा सहभागीता जनाउदै एडेलेडमा आफ्नोपनि अस्तित्व रहेको जानकारी गराउछन् ।
के हो ‘अष्ट्रेलिया डे’?
Sydney Harbor 26 January 1988
‘अष्ट्रेलिया डे’ अष्ट्रेलियाको आधिकारीक राष्ट्रिय दिवस हो, यो हरेक बर्ष जनावरी २६ का दिन अष्ट्रेलियाभर मनाईन्छ । ब्रिटेनबाट १३ मे १७८७ का दिन हिडेको ‘फस्ट फ्लिट’ अर्थात एघार जहाजहरुको समुह अष्ट्रेलियाको ‘न्यु साउथ वेल्स’ मा अवस्थित ‘पोर्ट ज्याक्सन’ मा आइपुगेको दिनको स्मृतिस्वरुप मनाउन सुरु गरिएको थियो । उक्त जहाजहरुको समुह अष्ट्रेलियामा मध्य जनावरी १७८८ मा अाईपिगेको थियो र त। त्यसैदिनको सम्झनास्वरुप अष्ट्रेलियामा पहिलो युरोपियन बसोबासको सम्झनास्वरुप यस दिनलाई मनाउने गरिन्छ । अाजका दिनमा यस दिनलाई अष्ट्रेलियामा बसोबास गर्ने बिभिन्न देश र जातीका मानिसहरुको पहिचान झल्काउने सामुदायिक पवं पारीवारीक उत्सवका रुपमा मनाउने गरिन्छ । हक्त दिन अष्ट्रेलियाको इतिहासको स्मरण गर्ने, आधिकारीक सामुदायिक अवार्ड वितरण, नागरीकता उत्सव साथै नवआगन्तुकहरुलाई स्वागत गर्ने उत्सवका रुपमा समेत मनाउने गरिन्छ ।
Australia Day on Sydney Harbor 2004
अर्थ र महत्व समयानुसार परिवर्तन भईराखेको छ । बिगतमा यस दिनलाई ‘वार्षिक दिवस’, ‘फाउण्डेशन डे’, “ANA डे’ आदिको नामले पनि जान्ने गरिन्थ्यो । २६ जनावरी १७८८ मा हाल ‘ न्यु हलेण्ड’ नामले चिनिने पुर्बिय सामुद्रिक तटलाई ‘ब्रिटिस सम्प्रभुता’ को घोषणा गरियो । पहिला अरुनै नामले मनाउने गरिएको यो उत्सवलाई १८१८ मा ‘न्यु साउथ वेल्स’ को आधिकारीक घोषणापछी भने पहिलोपटक ‘अष्ट्रेलिया डे’ को रुपमा मनाईएको हो । १९०१ को नयावर्षको दिन ब्रिटिसहरुले राज गर्ने राज्यहरुले अाधुनिक अष्ट्रेलियाको उदय भएको जनाउदै एउटा ‘फेडेरेसन’ को स्थापना गरे र राष्ट्रिय दिवशका रुपमा “अष्ट्रेलिया डे” लाई मनाउन थालेको देखिन्छ । १९३५ देखीमात्र सबै राज्यहरुले “अष्ट्रेलिया डे” मनाउन थाले र १९९४ देखी सार्वजनिक बिदा दिन थालियो ।
आजका दिनमा अष्ट्रेलियाको हरेक राज्यमा ‘अष्ट्रेलिया डे’ को दिनमा सार्वजनिक बिदा दिने गरिन्छ, यदी बिदाको दिनमा परेको भए विदापछीको सोमबारलाई सार्वजनिक बिदा दिने गरिएको छ ।
नेपली समुदायको सहभागीताको महत्व
नेपाली समुदाय सामुहिक रुपमा विदेशमा बसोबास गर्न थालेको खासै लामो इतिहास दिखिदैन । विशेष गरी अष्ट्रेलियामा हेर्ने हो भने सन् १९६० देखी नेपालीहरु अष्ट्रेलियामा बसोबास गर्न थालेको देखिएपनि उल्लेख्य रुपमा बसोबास गर्न थालेको भने नेपालमा माअोबादी बिद्रोह सुरु भएपछी अर्थात २००७ देखी देखिन्छ । यसरी, संख्यात्मक हिसावले नेपालीहरुको बसोवास थालेको करीब एक दशकमात्रको इतिहास हुनुले अष्ट्रेलियामा नेपालीहरुको पहिचान निकै कम छ भनेर भन्न खासै गार्हो छैन । छिमेकी भारतीय लगायत दक्षिण एसियाली मुलुकका बसिन्दाहरु अष्ट्रेलियामा बसोबास गर्न थालेको दसकौं भइसकेको सन्दर्भमा, नेपालीहरुले समुदायीक रुपमा आफ्नो पहिचान तथा अन्य समुदायसगको सम्बन्ध प्रवर्दन गर्नु आजका दिनमा महत्वपुर्ण हुनआएको छ । तसर्थ, सगरमाथा, बुद्द तथा गोर्खालीहरुको देशवासीले निकै प्रभावकारी ढङ्गबाट आफ्नो सहभागीतालाई यस्ताखाले कार्यक्रममा देखाउनु यहा बसोबास गर्ने नेपाली समुदाय र हाम्रो उद्गमस्थल हाम्रो मातृभुमी दुवैका लागी फाइदाजनक देखिन्छ । नेपाललाई आजका दिनमा विश्वभरबाट आकर्षक पर्यटन सुचीमा राखिराखिएको सन्दर्भमा समुदायको प्रभावकारी पहलकदमीले देशको पर्यटनको प्रचारमा समेत निकै सहयोग गर्ने विश्वास गर्न सकिन्छ ।

SA Minister for Multicultural Affairs participating in a program organised by Nepalese community.
एडेलेडको मात्र कुरा गर्ने हो भने, अन्य समुदाय तथा राज्यसँकको नेपाली समुदायको सम्बन्ध निकै सुमधुर बन्दै गईरहेको आभाष हुन्छ । नेपाली समुदायका प्रतिनिधिहरुले पटक-पटक गएर मन्त्रीस्तरीय भेटवार्ता गरिसकेका छन भने नेपाली कार्यक्रमहरुमा मन्त्रीस्तरीय उपस्थितीपनि गण्यपटक भइसकेको छ । गतबर्ष नेपाली समुदायका तर्फबाट भुकम्पपिडीत नेपालीका सहयोगका लागी भएको कार्यक्रममा दक्षिण अष्ट्रेलियाकि संस्कृती तथा बहुसंस्कृति मन्त्री जोय बेटिसनको उपस्थिती लगायत बिभिन्न शहरका मेयरहरुको उपस्थिति रहेको थियो भने अन्य कार्यक्रमहरुमा पनि बिभिन्न सहरमा मेयरहरु लगायतका विशिष्टहरुको उपस्थिति रहने गरेको छ ।
यस सन्दर्भमा नेपाली समुदायको ‘अष्ट्रेलिया डे’ मा उपस्थितिको विशेष महत्व रहेको कुरालाई कम आकंलन गर्न सकिदैन् । अष्ट्रेलियामा पहिलोपल्ट अाएको एघार जहाजहरुको समुह अर्थात “फस्ट फ्लिट”मा त्यसताका ब्रिटिसहरुका लागी युद्द गरिरहेका गोर्खालीहरुपनि आएको विश्वास गरिन्छ ।
के छ त यसपाली ‘अष्ट्रेलिया डे’ मा नेपाली समुदायको तयारी ?
‘गत बर्षको जस्तै- बुद्दको प्रतिमा, पञ्चकन्या, लाखे र मारुनीनाचको व्यबस्था भईसकेको छ । अन्य सस्थाको सहयोग भएमा केही भब्य र पृथक कार्यक्रम ल्याउने योजना रहेको छ, त्यसका लागी भोली एडेलेड सिटीमा स्थित ‘एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेस’ को कर्यालयमा एउटा मिटिङ् डाकेका छौ। ‘- एडेलेड नेपाली समाजका सचीब अशोक केसीले भन्नुभयो । ‘परेडमा सहभागी हुनका लागी पुरुषहरुको हकमा नेपाली राष्ट्रिय पोशाक- दौरा शुरुवाल र महिलाहरुको हकमा साडी-चोलोमा अथवा अन्य जातीय पहिरन अनिवार्य हुनैपर्ने छ ।’ उहाले थप्नुभयो ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस