एडेलेडमा ल्होछार पर्व भब्यरुपमा मनाईदै
१८ जनावरी २०१५, एडेलेड - बुद्ध धर्म अनुयायी तामाङ्ग, शेर्पा, गुरुङ्ग, थकाली आदि जातीको महान पर्व ल्होसारलाई एडेलेडमा रहेको नेपाली बुद्धिष्ट समुदायले भब्यताका साथ मनाउने भएको छ । आगामी फेब्रुअरी ८ तारीकका दिन लाट्भियन हाल (Latvian Hall, Wayville) मनाईने छ । साझ ५.३० बाट शुरु हुने कर्यक्रम मध्यरातसम्म चल्ने आयोजकहरुले बताएका छन ।
कार्यक्रममा एडेलेडबाट विशिष्ट ब्यक्तित्वहरुको उपस्थिती रहने छ ।
ल्होसार नेपालमा मनाइने एक प्रमुख चाड हो। ल्होसार बौद्ध धर्म अनुयायी तामाङ्ग, शेर्पा, गुरुङ्ग, थकाली आदि जातीले महत्वपूर्ण पर्वका रूपमा मनाउँछन्। यो चाड नेपालका विभिन्न जातजाती, धर्मालम्वी खासगरी मंगोलवंशी समुदायले धुमधामका साथ मनाउछन्। यद्यपि पछिल्लो समयमा नेपालमा बसोबास गर्ने सबै जातीले यो चाड मनाउन थालेका छन्। ल्होसार पर्वका लागि नेपालमा सार्वजनिक विदा दिइन्छ।
‘ल्होछार’ दुइ शब्द मिलेर बनेको छ। जसको अर्थ ‘ल्हो’ अर्थात वर्षवा साल भन्ने हुन्छ भने ‘छार’ वा ‘सार’को अर्थ नयाँ भन्ने हुन्छ। यसैले ल्होसारको अर्थ ‘नयाँ वर्ष वा नयाँ साल भन्ने बुझिन्छ। र, यसै अनुरूप यस चाडलाई मनाउने गरिन्छ। ल्होसार मनाउने समुदायले यस्ता ‘ल्हो’ अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन्। बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ। जस्तो : मुसा, गाई, बाघ, बिरालो,गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर बर्ष। बाह्र वर्षसमाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्षगनिन्छ। यसरी यस समुदायले बाह्र वर्षो एक युगको परिकल्पना गरेको हुनसक्छ।
कार्यक्रम संचालनका लागी नेपाली सथा भुटानी समुदायका सदस्यहरु सम्मिलित ५१ सदस्यीय ल्होसार मुलसमारोह समिति एडिलेड गठन गरिएको छ, जसको संयोजन छेदा लामाले गरिरहेका छन भने छेदुप लामा, बिर्ख गुरुङ्ग, पाल्देन लामा, दीपक लामा लगायत रहेका छन ।
कार्यक्रममा प्रवेश निशुल्क रहेको छ भने निशुल्क भोजनको समेत ब्यवस्था गरिएको छ । कार्यक्रममा बिशेष पेय पदार्थका रुपमा तोङ्वा रहने छ भने एक बिशेष प्रकारको ब्रेड “खासे” को समेत मजा लिन सकिने छ । अर्को मुख्या आकर्षणका रुपमा रहने सांस्कृतिक कार्यक्रमका लागी नेपालबाट कलाकारद्वय प्रेम लोप्चन तथा ईन्दिरा लामा आउने छन भने एडेलेडका लोकल कलाकारहरुले समेत उपस्थितहरुलाई बिशेष मनोरञ्जन गराउने छन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस