ताजा खवरहरु:

नेपालका विध्यालय बिकाशका लागी अष्ट्रेलियामा ‘१ डलर अभियान’ शुरु

७ जनावरी २०१५, एडेलेड- अष्ट्रेलियामा बस्ने नेपाली सक्रिय युवाहरुले नेपालमा शिक्षाका बिकाशका लागी '१ डलर अभियान' को शुरुवात गरेका छन।  नेपालको शिक्षाक्षेत्रको उन्नतीका लागी भौतिक संरचना निर्माण, मानव संसाधनमा सहयोग, छात्रबृत्ति लगायत अन्य विविध क्षेत्रमा बिध्यालयहरुको आवश्यकता हेरी सहयोग गरिने अभियानका अभियन्ता तीर्थ खतिवडाले जानकारी दिए ।  शुरुका

महिनामा मा कम्तिमा ३५ जना सदस्य बनाईने सानो लक्षका साथमा शुरु भएको योजनाको पहिलो हप्तामा नै उक्त लक्ष भेटिसकिएकाले योजनामा युवाहरुको आकर्षण निकै बढी रहेको पाईएको छ । शुरुमा सहयोगका लागी नेपालभरबाट ४ विध्यालयहरुलाई लिइएको छ भने अागामी दिनमा सदस्यहरुको आफ्नो क्षेत्रको आवश्यकता परेको बिध्यालयहरुपनि प्रस्ताव गर्न सकिने छ र आवश्यकताका आधारमा छलफलद्वारा सहयोग गरिने विध्यालयहरुको प्राथमिकता निर्धारण गरिने बताईएको छ ।  यसरी आफ्नो ठाउको बिध्यालय आवश्यकताका आधारमा प्रस्ताव समेत गर्न सकिने भएकाले यो नेपालीहरुको आफ्नै संस्था जस्तै हुनेछ ।

संस्थाको संविधानलेखन कार्य करीब अन्तिम चरणमा पुगिसगेकाले केही दिनमा नै संस्था कानुनी रुपमा संचालनमा आउने छ भने करीब दुई बर्षामा संस्थालाई प्रदान गरिएको रकम अष्ट्रेलियामा करका लागी घटाउन ( Tax Deduction) पनि सकिने छ । कार्यक्रममा बारेमा थप जानकारीका लागी सिड्नीमा तिर्थ खतिवडा (०४१२२९७३९०) र निराजन अधिकारी ( ०४१४९२७१५९) , एडेलेडमा मिलन दाहाल (०४२०६१०७६८) र प्रतिष्ठा गौतम (०४२१९६०४०७) तथा ब्रिसबेनमा म्याक बिष्ट (०४८१२९२०५६) लाई सम्पर्क गर्न सकिने छ ।

यसैगरी तीर्थ खतिवडाकै अगुवाईमा न्यु साउथ वेल्समा नेपालबाट पठनपाठनका लागी अष्ट्रेलिया आउने विध्यार्थीहरुलाई विविध खालका सहयोग पुर्याउने उद्देश्यले Nepalese Students Network Australia (नेपाली विद्यार्थी संजाल अष्ट्रेलिया) दर्ता भएर संचालनमा आईसकेको छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading