एनआरएन अष्ट्रेलियाद्वारा नाकाबन्दीको दोस्रो चरणको बिरोधको कार्यक्रम सार्वजनिक
२८ नोभेम्बर २०१५, एडेलेड- एनआरएनए अष्ट्रेलियाले भारतीय नाकाबन्दीको विरोधमा गर्न लागिएको दोस्रो चरणको प्रदर्शन कार्यक्रम सार्वजनिक गरेको छ ।
बताइए अनुसार डिसेम्वर ३ तारिख विहीवार विहान ८.३० बजे संसद भवनमा शान्तिपूर्ण धर्ना दिने र विदेश मामिला मन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाइनेछ । त्यसपछी संयुक्त राष्ट्रसघका प्रतिनिधिलाईपनि ज्ञापनपत्र बुझाइनेछ । यसका साथै विश्व व्यापार संघका प्रतिनिधिलाई पनि भेटेर ज्ञापनपत्र बुझाउँने कार्यक्रम तय भएको विज्ञप्तिमा उल्लेख छ । सोही दिन भारतीय उच्च आयुक्तलाई भेटेर एनआरएनएका तर्फबाट ज्ञापनपत्र बुझाइने छ र नेपाली दूतावास पुगेर मधेस आन्दोलन र भारतीय नाकाबन्दीबाट मुलुकमा बढेको संकटको वातावरण अन्त्यका लागि तत्काल प्रभावकारी कदम चाल्न राजदूत मार्फत नेपाल सरकारको दवाव दिईने कार्यक्रम पनि रहेको छ । विज्ञाप्ति एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा ज्ञानेन्द्र रेग्मीले निकालेका हुन ।
यसका लागी सिड्नीबाट क्यानबेरासम्म जानका लागी निशुल्क २ बटा बसको ब्यवस्था गरिएको छ भने आवश्यकता परेमा बसहरुको संख्या बढ्नसक्ने बताईएको छ । सिड्नीबाट बस बिहान ५ बजे छुट्नेछ । यसैगरी मेर्लवर्नबाट पनि निशुल्क बसका लागी ब्यबस्था भइरहेको बताईएको छ । प्रदर्शनमा सहभागी बन्न चाहनेले सिड्नीबाट अध्यक्ष सुरेन्द्र सिग्देल, न्यु साउथ वेल्सबाट संयोजक दिनेश पोखरेल, भिक्टोरियाका संयोजक केशव कँडेल तथा क्यानबेराबाट कार्यवाहक संयोजक युवराज खानियालाई सम्पर्क राख्न आग्रह गरिएको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस