NRNA ले पहिलो चरणमा ३८ लाखको अौषधी पठयो
२४ नोभेम्बर २०१५, काठमाण्डौ- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारलाइ करिव ३८ लाख बराबरको औषधि हस्तान्तरण गरेको छ ।
भारतको अघोषित नाकाबन्दीका कारण औषधि समेत अभाव हुन थालेपछि एनआरएनएले तीन करोडको औषधि दिने घोषणा गरेको थियो । त्यस अनुसार एनआरएनएले पहिलो लटमा ३८ लाखको औषधि मंगलबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
एनआरएनए अध्यक्ष शेष घलेले दुई साताको कोसिशमा यो औषधि ल्याउन सफल भएको बताए । कम्तीमा एक महिनालाई पुग्ने औषधि ल्याउन चाहेको भए पनि विमानहरुले कार्गो बोक्न नमान्ने जस्ता समस्या आएको उनले बताए ।
नेपाललाई आवश्यक पर्ने औषधिहरु उपलब्ध गराउन तयार रहेको भन्दै उनले चीन, बंगलादेश र भारतमा किनिएका औषधि आउने क्रममा रहेको बताए ।
डा. भगवान कोइरालाले आफूहरुले दिएको सूचीकै आधारमा एनआरएनएले औषधि उपलब्ध गराएको बताए । यो यो औषधिले कम्तिमा चार हप्तासम्म काठमाडौं र बाहिरका सरकारी अस्पताललाई पुग्ने बताए ।
उनले भने-‘यतिले पुग्दैन । हामीलाई थप औषधि चाहिन्छ । तर, हामीले उपलब्ध गराएको सूचीका आधारमा अपरेशन थिएटरमा प्रयोग हुने औषधि आएको छ । हामी एनआएएनए प्रति कृतज्ञ छौं ।’
स्वाथ्यमन्त्री रामजनम चौधरीले एनआरएनएसँगै दाताहरुले औषधि दिने भनेको र सरकार आफैंले पनि औषधि किन्ने बताए ।
अनलाईन खबरबाट
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस