एनआरएनए साउथ अष्ट्रेलियाले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
२३ नोभेम्बर २०१५, एडेलेड- गैर आवाशिय नेपाली संघ, साउथ अष्ट्रेलियाले देशको बर्तमान समस्याका समाधानका लागि दवाव सिर्जना गर्ने उदेश्यका साथ अबैतानिक बाणिज्यदुत दिपक धमलामार्फत नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको छ । ज्ञापनपत्र अाज एक कार्यक्रमबीच संघका संयोजक नबीन कडेलले धमलालाई बुझाएका हुन । "आन्दोलनको क्रममा ज्यान गुमाउनु भएकाहरु प्रति हामी भाबपूर्ण हार्दिक समबेदना ब्यक्त गर्दै देश बिदेशीहरुको चलखेलको चंगोलमा फस्दै गई नेपालीहरुको दैनिकी नै जर्जर अवस्थामा पुगेको र यस कठिन
परिस्थिति बाट देश लाइ बैदेशिक हस्तक्षेप बाट मुक्त गर्नको लागि र तराई क्षेत्रमा बस्दै आएका नेपालीहरुका जायज मागहरुलाई सिघ्र सम्बोधन गरी सम्पूर्ण नेपाली जनतालाई एक्यबद्ध गर्दै देशलाइ निकाश दिन तादरुकता साथ गम्भिर ढगंवाट वार्ता गर्न हामीले ज्ञापन पत्र मार्फत आग्रह गरेका छौ” गैरअावासिय नेपाली संघ साउथ अष्ट्रेलियाले बतायो ।
गत नोभेम्बर २० तारीकका दिन साँझ ५ बजे अरु राज्यहरुसँगै एडेलेडमा पनि भारतलाई दवाव दिने उदेश्यले प्रदर्शन गरिएको थियो । उक्त कार्यक्रममा गैर आवाशिय नेपाली संघ, साउथ अष्ट्रेलियाका संयोजक नवीन कडेलले नेपाल सरकारसमेतलाई ज्ञापनपत्र बुझाईने बताएका थिए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस