मेन्स रुम रिलोडेडको बिशेष भेला जापानमा सम्पन्न

मिलन दाहाल २३ नोभेम्बर २०१५, टोकियो- सक्रिय नेपाली युवाहरुको फेसबुकमा बनेको एउटा पेज मेन्स रुम रिलोडेड (Mens Room (Reloaded)) को बिशेष भेला भर्खरै जापानमा सम्पन्न भएको छ । देशलाई परेको बखत तथा भविष्यका लागी अार्थीक तथा सामाजीक बिकाशका लागी योगदान गर्ने उदेश्यले गठित यस ग्रुपमा हालसम्म ७२,५०० भन्दा बढी सदस्यहरु रहेका छन । ग्रुपका कुनै सदस्यलाई केही अापद पर्दा अरु सदस्यहरु मिलेर तथा समाजको कसैलाई अार्थिक बिपद्मा समेत सहयोग गर्ने गरेका छन् । भर्खरै गएको भुकम्प तथा नाकाबन्दीको समयमा समुहका सदस्यहरुको सामाजीक कार्यमा भूमिका निकै अहम् देखियो । नाकाबन्दीको समयमा मानवीय सेवा तथा नाकाबन्दीको समयमा ‘कारपुलिङ’का लागी ग्रुपका सदस्यहरुले अाफ्ना गाडी तथा मोटरसाईकलमा MRR को लोगो नै राखेर सहयोग गरेकाका थिए ।

देशमा बर्तमानमा विध्यमान समस्याहरुमा सहयोग पुर्याउन तथा भविष्यमा देशको आर्थिक, सामाजीक तथा सांस्कृतिक विकाशमा उल्लेखनिय योगदान पुर्याउन संगठित रुपमा यस भेलामा कार्ययोजना ल्याईएको बताईएको छ ।

एमआरआर जापानको कार्यसमितिमा अध्यक्ष अरुण पुरी, उपाध्यक्ष प्रमोद दाहाल, महासचिव सन्तोष सिलवाल खत्री, सचिव समीर खनाल, कोषाध्यक्ष नरेश रसाईली, सह-कोषाध्क्ष अरुण कडेंल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सञ्जय, शिबराज, सुजन, दिपेश, मिलन, सिजन र दीपकसहित चयन भएका छन् ।

– See more at: http://www.annapurnapost.com/News.aspx/story/22163#sthash.vArKqZkM.dpuf

Leave a Reply