भारतीय नाकाबन्दीको बिरोधमा अष्ट्रेलियाभर प्रदर्शन (भिडियो सहित)

फोटो सौजन्य- अशोक केसी

मिलन दाहाल २१ नोभेम्बर २०१५, एडेलेड- भरतले २ महिनाबढी देखी नेपालमाथि लगाएको नाकाबन्दीको बिरोधमा अष्ट्रेलियाभर प्रदर्शन भएको छ । अन्तराष्ट्रिय समुदाय तथा अन्तराष्ट्रिय मानवअधिकारबादीहरुको ध्यान खिचेर नेपालमा नाकाबन्दीका कारण हालसम्म उत्पन्न तथा भविष्यमा हुनसक्ने मानवीय सँकटको भयावह अवस्थालाई कम गर्न प्रवासि नेपालीहरुको संगठन, ‘गैर आवाशिय नेपाली संघ’ ले देशव्यापि रुपमा बिरोधका कार्यक्रमहरु सार्बजनिक गरेबमोजीम हिजो साँझ ५ बजे अष्ट्रेलियाको सवै राज्यहरुमा शान्तिपुर्ण बिरोधका कार्यक्रकहरु भएका थिए ।

सिड्नीको मार्टिन प्यालेसमा भएको बिरोध प्रदर्शनमा करिब ५०० जनाको सहभागिता रहेको बताईएको छ । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेलले बोलेका थिए । उग्र गर्मीको परवाह नगरी नेपाल र नेपालीमाथी भएको अन्याय विश्वसामु लैजान उपस्थित भएका नेपालीहरुले पहिलो चरणमा शान्तिपूर्ण प्रदर्शन गर्ने र यसपछि हस्ताक्षर संकलन गरी देशैभरिको हस्ताक्षरलाई क्यानबेरास्थित भारतीय दूतावासमा बुझाउने योजना छ । यसका लागि सिड्नीमा हस्ताक्षर संकलन समेत सुरु गरिएको छ । यसअघि विभिन्न संघ संस्थाले संकलन गरेको हस्ताक्षरलाई पनि एकतृत गरी बुझाउने तयारी एनआरएनले गरेको छ । कार्यक्रममा बोल्दै एनआरएन अध्यक्ष सुरेन्द्र सिग्देलले नेपालमा लगाइएको अघोषित नाकाबन्दी अन्त्य नभएसम्म विभिन्न कार्यक्रम जारी राख्ने जानकारी दिनुभएको थियो । सिग्देलले अष्ट्रेलियाको विदेश मन्त्रालय, विभिन्न राजनीतिक दल र अन्तर्राष्ट्रिय संघहरुमा पनि बोधार्थ दिइने बताउनुभयो । यस्तै न्यूसाउथवेल्स संयोजक दिनेश पोखरेलले भूपरिवेष्ठित देश नेपालले पाउने पारवहन सुविधा समेतको हनन गरी अमानवीय कार्य गरेकोले आफुहरु भारतीय हस्तक्षेपलाई अन्तर्राष्ट्रियकरण गर्न बाध्य भएको बताउनुभयो । पोखरेलले मानवीय संकट भइसक्दा पनि विश्व समूदायको ध्यानकर्षण हुन नसक्नु गलत भएको बताउनुभयो ।

यसैगरि ब्रिसबेन, मेलबोर्न, एडेलेड, डार्बिनलगायतका शहरहरुमा पनि प्रदर्शन भएको खबर छ । सबैठाँउमा भएका प्रदर्शनमा एउटै नाराहरु गुञ्जिएका थिए र नेपालीहरु भनिरहेका थिए, ‘भारतले नेपालमाथी नाकाबन्दी लगाएर गरेको अमानबीय कार्य तथा नेपालको हनह भएको अधिकार  तत्काल फिर्ता हुनुपर्छ ।’

यसैगरी साउथ अष्ट्रेलियाको एडेलेडमा भएको कार्यक्रममा संयोजक नबीन कडेलले बोल्दै गैर अावाशिय नेपाली संधले घोषणा गरेअनुरुपकै कार्यहरु साउथ अष्ट्रेलियामा समेत गरिने जानकारी गराए । यसैगरी सचीव नवीन पन्थले नेपाल सरकारलाई समेर आन्तरीक समस्या चाडो भन्दा चाडो समाधन गर्न दवावका कार्यक्रमहरुसमेत गरुने बताएका थिए ।

उपस्थित केही मानिसहरुले नेपाली राजनीतिको अदुर्दर्शिता र ब्याप्त भ्रष्टाचारप्रति चिन्तापनि ब्याक्त गरेका थिए । सवै संध-सस्थाहरको एेक्यवद्दता रहेको एडेलेडको कार्यक्रममा सानो समुदाय हुनका बावजुतपनि १०० बढीको उपस्थिती रहेको अोसनिया क्षेत्रका उप-संयोजक रमेश जोशीले बताए ।

QLD
ब्रिसबेन/ फोटो सौजन्य- MNTV

यसैगरी एनआरएन क्वीन्सल्याण्डको आयोजनामा ब्रिसबेन क्वीन्स पार्कमा पनि प्रदर्शन भएको छ । सोही समयमा भेला भएका क्वीन्सल्याण्डवासीले नेपालमा लगाइएको अघोषित आर्थिक नाकाबन्दीको विरोध गर्दै प्लेकार्ड प्रदर्शन गरेका छन् । एनआरएन उपाध्यक्ष एवं एनआरएन क्वीन्सल्याण्डका संयोजक अभिमानसिंह बस्नेतको नेतृत्वमा भएको प्रदर्शनमा नेपाली समूदायलाई विदेशीहरुले पनि सहयोग थिए ।  नेपालको झण्डासहित उपस्थित उनीहरुले तत्काल नाकाबन्दी खोल्न र भूपरिवेष्ठित राष्ट्रले प्राप्त गर्ने अधिकार कुन्ठित नगर्न भारतलाई आग्रह गर्दै लेखिएका प्लेकार्ड र व्यानर बोकेका थिए ।

melbourne
मेलबोर्न

समसिमे पानीको रत्तिभर परबाह नगरी आफ्नो देश र जनताका लागी मेलबोर्नमा समेत नेपालीहरुले बृहत प्रदर्शन गरेका छन । मेलबोर्नको फेडेरेसन स्क्वायरमा भएको प्रदर्शनमा  एनआरएन भिक्टोरियाका संयोजक एवं उपाध्यक्ष केशव कँडेल, एनआरएन अष्ट्रेलियाका सचिव टोनु घोताने लगायतका एनआरएनका पदाधिकारी, भिक्टोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले भारतीय हस्तक्षेपले नेपालमा मानवीय संकट आउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए । स्थानीय फेडेरेशन स्क्वायरमा प्रदर्शन आयोजना गरिएको हो । एनआरएन भिक्टोरियाले यसअघि नै नेपालमा भारतले लगाएको अघोषित नाकाबन्दीको विरोधमा हस्ताक्षर संकलन गरेर स्थानीय अवैतनिक महावाणिज्यदूतलाई बुझाइसकेको छ ।

Leave a Reply