एडेलेडमा “दशै कप” हुदै
२० अक्टोबर २०१५, एडेलेड- दक्षिण अष्ट्रेलियाको एडेलेडमा 'बडादशैं २०७२' को उपलक्षमा खेलको माध्यमबाट सबैलाई जोड्ने एबं दशैको शुभकामना आदानप्रदान गर्ने उदेश्यले दशै कपको आयोजना हुन लागेको छ । खेल २४ र २५ अक्टोबरका दिन Southern Parklands को Park Side मा हुदैछ ।
एडेलेड खुकुरी फुटवल क्लब सन् २०१३ मा गठन भएको हो । समरदिनमा क्लवका खेलाडिहरु हरेक आइतबार ५ बजेबाट एडेलेडमा फुटबल खेल्ने गर्छन ।
खेलको बिजेतालाई अष्ट्रेलियन डलर २००० को नगद पुरस्कार सहित ट्रफि र मेडलहरु प्राप्त हुनेछ । यसका साथै उक्त दिन Rock Band को प्रस्तुतीका साथमा ‘Football Dinner’ को मजापनि लिन सकिने छ ।
कार्यक्रमलाई Boomerang Education, Himalayan Experience, Expert Education and Visa Services, SAGE Home Loans, JUST Clean, Nepali Grocery लगायतले सहयोग गरेका छन । यसैगरी खानामा Langtang Restaurant, Taste of Himalaya, Hub Tandoor, Rhino Grill, Taste of Nepal, Himalayan Kitchen, The Gurkhas Restaurant को पनि सगयोग रहेको बताईएको छ । खेल उपस्थितीलाई ध्यानमा राखेर शनिबार र अाईतबार अायोजना गर्न लागिएको बुझिएको छ । आयोजकले यसपालीको दशै एडेलेडमा फुटबल खेलको मजाको साथमा मनाउन सम्पुर्ण एडेलेडबासी नेपालीहरुलाई आव्ह्वान गरेका छन
क्लवले गरेक बर्ष दशैंमा फुटबल खेलको अायोजना गर्ने गरेको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस