ताजा खवरहरु:

बाल्टिमोरमा नेपाली युवकको मृत्यु

उच्च शिक्षा अध्ययनका लागि आएका एक नेपाली युवकको अमेरिकाको बाल्टिमोरमा निधन भएको छ |

३० बर्षीय युबक काठमाडौँ बबरमहल घर भएका गौरब वाग्ले भएको बुझिएको छ |

श्रीमती सहित बसोबास गर्दै आएका वाग्लेको श्रीमती घरमा नभएको बेलामा अचेत भएका थिए | श्रीमतीको सहयोगमा अस्पताल लगिएका वाग्लेलाई अस्पतालले मृत घोषणा गरेको थियो |

“वाग्लेको शवलाई स्थानीय मेडिकल इक्जामिनर अफिसमा राखिएको छ | पोस्ट मार्टम भईसकेको छ, रिपोर्ट आईसकेको छैन |” बाल्टिमोर एसोसियशन अफ नेप्लिज इन अमेरिका (बाना) का अध्यक्ष कुलमणि आचार्यले द नेपाल टुडेसंग भन्नुभयो |

सन् २००८ मा बाल्टिमोर आएपनि स्थानीय नेपालीहरुसंग खासै सम्पर्कमा नआउने वाग्लेले अमेरिकन महिलासंग बिबाह गरेको र उनीसंगै बस्दै आएको खुलेको छ |

वाग्लेको मृत्युको खबर नेपाल पठाईसकेको तर उनको शवलाई के गर्ने भन्ने टुंगो नलागेको उनका आफन्त तथा बाल्टिमोरका समाजसेवी रामचन्द्र अधिकारीले बताउनु भयो |

मेडिकल इक्जामिनर अफिसमा राखिएको वाग्लेको शवलाइ ७२ घण्टा भित्र कसैले जिम्मा लिनुपर्ने छ | तर जिम्मा लिएपछि उक्त शव राख्न खर्च लाग्ने गर्दछ |

यहि बिषयलाइ लिएर कसरी सहयोग गर्ने भनेर छलफल भईरहेको बानाका अध्यक्ष आचार्यले बताउनु भयो |

“शव ब्यबस्थापन गर्न खर्चिलो छ | सहयोगका लागि नजिकका आफन्त तथा गौरबका साथीहरुले ‘गो फण्ड मी’ मा खाता खोलिएको छ | सबैबाट सहयोग आशा गरेका छौं |” समाजसेवी रामचन्द्र अधिकारीले भन्नुभयो |

वाग्लेको अन्तिम संस्कारका लागि आवश्यक रकम संकलन गर्नका लागि सौगात शर्माले ‘गो फण्ड मी’  खोलेको खातामा तिन हजार डलर जम्मा भईसकेको छ |


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading