ताजा खवरहरु:

शेष घले पुन: एनआरएन अध्यक्ष निर्बाचित

शेष घले१६ अक्टोबर २०१५, काठमाण्डौ- विश्वभरिका नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षमा शेष घले निर्वाचित भएका छन्। दुइ वर्षे कार्यकालका लागि पदाधिकारी चयन गर्न काठमाडौंमा भएको निर्वाचनबाट घले अत्यधिक बहुमत सहित दोस्रो कार्यकालका लागि विजयी भएका हुन्।

कूल १०८९ मत खसेकोमा उनले ८६७ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिद्वन्द्वी टिबी कार्कीले २२६ मत पाए।

उपाध्यक्षमा ५३८ मत ल्याएर भवन भट्ट निर्वाचित भएका छन्। उनका निकटम प्रतिद्वन्द्वी कुमार पन्तले ५१३ मत पाए। महासचिबमा डा. बद्री केसी ५५५ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी अर्जुनकुमार श्रेष्ठले ३९३ मत पाए।

कोषाध्यक्षमा हिक्तमत थापा २६४ मत पाएर विजयी भए।

एशिया क्षेत्रको संयोजकमा किरण विक्रम थापा विजयी भए। एशिया क्षेत्रको उपसंयोजकहरुमा कृष्ण पाण्डे र गोविन्द श्रेष्ठ चयन भए।

युरोप क्षेत्र संयोजकमा कुल आचार्य निर्विरोध निर्वाचित भएका थिए। उपसंयोजकमा दावा शेर्पा र प्रेम गुरुङ निर्वाचित भएका छन्।

असियाना संयोजकमा महेन्द्र लम्साल निर्वाचित भए भने उप संयोजकमा रमेश जोशी निर्वाचित भए।

अफ्रिका संयोजकमा सुनिल कार्की विजयी भए। अफ्रिका क्षेत्रबाट उपसंयोजकमा उम्मेदवारी परेको थिएन।

मध्यपूर्व संयोजकमा डम्बर बहादुर क्षेत्री विजयी भए। उपसंयोजकमा धर्मराज गिरी र उमेश अधिकारीले बराबरी मत पाए। दुवैले एक एक वर्षको कार्यकाल काम गर्नेछन्। गोला प्रथाबाट गिरीले पहिलो एक वर्ष कार्यभार सम्हाल्ने निक्र्योल भएको छ।

अमेरिका क्षेत्रको संयोजकमा सोनाम लामा निर्वाचित भ एभने उपसंयोजकमा छिरिङ शेर्पा विजयी बने।

यसैगरी एनआरएनको युवा संयोजकमा विजय पोखरेल निर्वाचित भएका छन्। उपसंयोजकमा लोकराज शर्मा विजयी भए।

महिला संयोजकमा सपिला राजभण्डारी चयन भएकी छन्। उपसंयोजकमा रजनी प्रधान निर्वाचित भइन्।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading