बिदेशमा पनि चम्किदै इन्दिरा
'हट एन्ड बोल्ड सिंगर'को छवि छ- इन्दिरा जोशीको । नेपालीलाई मात्र होइन, विदेशीलाई पनि उनको आकर्षक छविले तानेको छ । श्रीलंकन सिंगर इराजले उनलाई देखेपछि केही वर्षअघि एउटा गीतमा अन्य अन्तर्राष्ट्रिय कलाकारका साथमा सहकार्य गरेका थिए, जसलाई धेरैले रुचाए पनि । 'जस्ट वान क्लिक' शीर्षकमा इराज एन्ड टोनीका साथमा इन्फास, मार्किया र इन्दिराले उक्त गीत गाएका थिए ।
हालै इन्दिराले हलिउड र्यापर सन किंगस्टनले र्याप गाएको एउटा गीतमा स्वर दिएकी छिन् । उक्त गीतमा दक्षिण एसियाका श्रीलंका, भारत तथा बंगलादेशका गायक–गायिकाहरूको पनि स्वर सुन्न सकिन्छ ।
किंगस्टनको र्याप उही नै भए पनि यो गीत आ–आफ्नो देशको भाषामा तयार भएको छ जसको प्रोमो सार्वजनिक भैसकेको छ भने पूर्ण स्वरूपको गीत र म्युजिक भिडियो चाँडै बजारमा आउनेछ । गीतको नोट र म्युजिक भिडियो एउटै भए पनि नेपाली गीतमा मादल समावेश गरिएको इन्दिराले बताइन् । भिडियोमा इन्दिरा घोडसवार राजकुमारीको लुक्समा देखिँदैछिन् । इराज प्रोडक्सनको ब्यानरमा श्रीलंकामा छायांकन गरिएको यो भिडियो निर्माणमा १२ लाख रुपैयाँ खर्च भएको बताइएको छ ।
-साप्ताहिक
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस