एडेलेडमा एडेलेड नेपाली समाज र अन्तराष्ट्रिय नेपाली कलाकार समाजले भानु जयन्ति मनाउदै
१२ जुलाई २०१५, एडेलेड- ए
डेलेडमा एडेलेड नेपाली समाज र अन्तराष्ट्रिय नेपाली कलाकार समाजले छुट्टा छुट्टै कार्यक्रम आयोजना गरि २०१ औं भानु जयन्ति मनाउदै छन ।
एडेलेड नेपाली समाजले १४ जुलाई २०१५ का दिन Ascot Park Primary School मा बिहान १० बजेदेखी १२.३० सम्म एडेलेड नेपाली बिध्यालयका बिध्यार्थीाहरुलाई लक्षित गरि हाजिरी जवाफ तथा कविता बाचन प्रतियोगीताको आयोजना गरि गर्दैछ । एडेलेड नेपाली समाजले आफ्ना वालवालिका लक्षित रचना तथा वालवलिका सहित सबैलाई उपस्थितिका लागी अनिरोध गरेको छ ।
यसैगरी अन्तराष्ट्रिय नेपाली कलाकार समाज, अष्ट्रेलियाले १९ जुलाई २०१५ का दिन Wilkins Road, Para Hills, SA 5096 स्थित Para Hilla Library मा कवी गोष्ठीको आयोजना गरि मनाउने भएको छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाजले आगामी नोभेम्बर सम्ममा प्रकाशन गर्ने लक्ष लिएको ‘प्रवाशका अक्षरहरु’ नामक कविता संग्रहको समेत शुरुवात हुने समाजका अध्यक्ष रामकृष्ण निरौलाले बताए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस