ताजा खवरहरु:

एडेलेडबाट नेपाली क्रिकेट टोली खेलका लागी ब्रिसबेन प्रस्थान

-मिलन दाहाल १० जुलाई २०१५, एडेलेड- एडेलेड नेपाली क्रिकेट एशोसिएसन (Adelaide Nepalese Cricket Association- ANCA) को क्रिकेट टोली ब्रिसबेनको नेपाली क्रिकेट टोलीसँग एक दिवशिय खेल खेल्नका लागी आज ब्रिसबेन प्रस्थान गरेको छ । खेल १२ जुलाई २०१५ का दिन हुदैछ ।

डिसेम्बर २०१४ मा दर्ता भएको एडेलेड नेपाली क्रिकेट एशोसिएसन यसअघि NCCA को नामले बिना दर्ता संचालित थियो । दर्ता नभई संचालन गर्दा साउथ अष्ट्रेलियन क्रिकेट एसोसिएसन ले आयोजना गर्ने तथा अन्य राज्यका नेपाली क्रिकेट एशोसिएसनले आयोजना गरेको खेलहरुमा सहभागी हुन नपाईने भएकाले एडेलेड नेपाली क्रिकेट एशोसिएसनका नाममा दर्ता गर्नुपरेको क्लबका क्याप्टेन संतोष जंगले बताए । 

एडेलेड नेपाली क्रिकेट एशोसिएसन (Adelaide Nepalese Cricket Association- ANCA) को क्रिकेट टोलीले यसअधि २०११ र २०१२ मा गरि दुइपटक खेल खेलीसकेको छ । २०११ मा टोली ब्रिस्बेन गएर खेल्दा र २०१२ मा ब्रिस्बेनको टोली एडेलेड आएर खेल्दा दुबैपटक पराजीत भएको थियो ।  यसपाली सदस्यहरु आफ्नै खर्चमा गएको भएपनि क्लबका क्याप्टेनले आगामी दिनमा एडेलेडको नेपाली संघ-सस्था तथा समुदायबाट सहयोग हुने कुरामा आशाबादी रहेको बताए साथै Expert Education and Migration लाइ स्पोन्सरका लागी धन्यबाद दिए ।

क्लबमा निम्न खेलाडीहरु अनुबन्धित छन;

  • सन्तोष अधिकारी- क्याप्टेन
  • दिपक क्षेत्री- सहायक क्याप्टेन
  • पारष जोशी
  • राकेस जैसबाल
  • निश्छल श्रेष्ठ
  • दीपक अधिकारी
  • रोमी कार्की
  • प्रेम ज्योति
  • सुबिग्या बाग्ले
  • शिशिर गौतम- किपर
  • धिरज ग्वाली

यीमध्ये केहीले नेपालको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन। टोलीलाइ समुदायसेवी गोबिन्द रानाले खादा अोढाएर बिजयको शुभकामना सहित बिहान बिदाई गरेका हुन ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading