ताजा खवरहरु:

साउथ अष्ट्रेलियामा सौहार्दपुर्ण रुपमा एनआरएन निर्वाचन सम्पन्न

-मिलन दाहाल

४ जुलाई २०१५, एडेलेड- साउथ अष्ट्रेलियाका लागी एनआरएनको निर्वाचन आज एडेलेडमा सम्पन्न भएको छ । साउथ अष्ट्रेलियामा कुल ३८१ जना मतदाता रहेका छन । यसैगरी बिभिन्न पदका लागी १८ जना प्रतिस्पर्धीले निर्वाचन लडेका थिए ।  साउथ अष्ट्रेलियाको अध्यक्ष पदका लागी गोबिन्द राना र नबीन कडेल, उपाध्यक्ष पदका लागी नारायणकाजी गुरुङ, सचीब पदका लागी अशोक केसी र नवराज पन्त, कोषाध्यक्षका लागी संगीता बुडाथोकी तथा सदस्यका लागी चन्द्र कुवर, शर्मिला शर्मा, प्रजीता गेलाल, नबीन सागर, बाल सापकोटा, देबराज कडेल, संतोष केसी, बन्दु बिक्रम कार्की र दीपा सापकोटा लडेका थिए । यसैगरी केन्द्रीय सदस्यताका लागी सुरेश रेग्मी, सर्बदा घिमिरे तथा सुर्य आचार्यको आबेदन परेको थियो ।

उपाध्यक्ष पदका लागी आवेदन दिएका नारायणकाजी गुरुङ तथा कोषाध्यक्षका लागी आवेदन दिएकी संगीता बुडाथोकी निर्बिरोध निर्बाचित भैसकेका छन् । बाकीको मतपरिणाम आज राती ९ बजेपछी आउने बताईएको छ । निर्वाचन अत्यन्त सहज वातावरणमा सम्पन्न भएको निर्वाचन आयुक्त राजू उपाध्यायले बताउनु भयो साथै उहाले यासरी निर्वाचन सम्पन्न हुनका लागी सहयोग गर्नय हुने सम्पुर्ण उम्मेद्वार, भोटर तथा सहयोग गर्नु हुने अन्य सबैलाई हार्दिक धन्यबाद दिनुभयो । निवर्तमान केन्द्रीय सदस्य गोकुल घिमिरेले भने हालका पदाधिकारीलाई स्वयसेवक बनाईएकोमा निर्वाचनमा प्रभाव पर्नसक्ने आशंका ब्यक्त गर्दै अागामी दिनमा त्यसो नगरिए राम्रो हुने आफ्नो धारणा राख्नुभयो ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading