उम्मेद्वार परिचय (अशोक केसी): एनआरएन अष्ट्रेलिया निर्वाचन बिशेष- भाग ४
अनलाईन एडेलेडले साउथ अष्ट्रेलियाबाट एनआरएन निर्वाचनमा उम्मेद्वारी दिनुहुने सबैका बारेमा उम्मेद्वार तथा कार्यक्रम परिचयलाइ समेटे्दै एक बिशेष अंक सार्बजनिक गर्ने कार्यक्रम योजना अनुसार आज तेस्रो भाग सर्बजनिक गर्दैछ । सबै उम्मेद्वारहरुलाई यथासिध्र आफ्नो जानकारी पठाएर सहयोग गर्न आग्रह गर्दछौं ।
आजको अंकमा हामीले चौथो बिबरण पठाउने अशोक केसीका बारेमा जानकारी दिनेछौ उनी साउथ अष्ट्रेलियाका सचीबका लागी लड्दैछन । प्राप्यताका आधारमा अन्य उम्मेद्वारका बारेमा क्रमश जानकारी दिदै जानेछौं ।
अशोक केसी
नर्सिङ पेसामा आवद्द अशोक पहिलेदेखीनै सामाजीक कार्यहरुमा संलग्न रहदै आएको भएपनि पछिल्लो समयमा निकै चर्चित बनेका छन । नेपाली समुदायको एउटा साधारण सद्स्यकै हैसियतमा हालसम्म नेपाली समुदायको जिवनयापनमा सामान्यिकरण तथा नेपाली समुदायको पहिचानका लागी साउथ अष्ट्रेलियाका बिभिन्न सरकारी तथा अन्य समुदायसँग गरेका भेटघाट एवं समन्वयका कारणले उनी चर्चित बनेका हुन । अध्यक्षका प्रत्यासी गोबिन्द रानासगै उनको जीत सुनिश्चित भैसकेको भनेर केही पत्रिकाले दाबी समेत गरिसकेका छन ।
यसैगरी केसीको जन्म नेपालको नवलपरासी जिल्लाको कोल्हुवा भन्ने ठाउमा भएको हो । कुँवरार्थी अंग्रेजी बिद्यालयबाट स्कुल शिक्षा लिएका केसीले बिरेन।द्र बहुमुखी क्यामपसबाट आइ एस्सी र त्रीचन्द्र कलेज, काठमाण्डौबाट रसायन शास्त्रमा बि एससी गरेका छन । अष्ट्रेलियामा Automotive Engineering तथा tourism मा Diploma गरेका छन । बुटवलको दीप बोर्डिडमा पढाएाका उनले बिध्यालयस्तरबाटनै रेसक्रसको अध्यक्ष भएर समाजसेवा शुरु गरेका थिए । यसका साथै Awaz SA रेडियो प्रस्तोताका रुपमा समेत काम गरिसकेका छन ।केसीले आफ्नो अमुल्य समय सुदायसेवाका लागी पहिलेदेखीनै खर्चिने गरेका छन । सन् २०१३ देखी एडेलेडको नेपालीहरुको एकमात्र सरकारी निकायमा दर्ता भएको संगठन एडेलेड नेपाली समाजमा सचीबको रुपका काम गरिरहेका केसीले अध्यक्षको अनुपस्थितिमा कार्यबाहक अध्यक्षको भूमीका पनि निर्वाह गर्ने गरेका छन । यसैगरी एडेलेड नेपाली समाजले नेपाली समुदायको प्रतिनिधित्व गर्दै अष्ट्रेलियाको महान पर्व ‘अष्ट्रेलियन डे परेड’ मा नेपाली समुहको संयोजन गरेका उनले साउथ अष्ट्रेलियाको मन्त्री सम्मिलित भूकम्पमा परी ज्यान गुमाउनेहरुका लागी नेपालीहरुले एडेलेडमा आयोजना गरेको शोक शभाको पनि सहायक संयोजककाका रुपमा नेतृत्व गरेका थीए । यसका सथै एडेलेडबासी नेपालीहरुलाई अन्य समुदायसग जोड्ने प्रयासका रुपमा एडेलेडमा पहिलोपटक आयोजना गरिएको बहुचर्चीत ‘मल्टीकल्चरल च्यारिटी दिनर’ कार्यक्रममा आयोजक समीतिमा रहेर महत्वपुर्ण भूमिका समेत निर्बाद गरिसकेका छन ।
गोबिन्द रानासंग निकै नजिक रहेर काम गरिसकेका अशोक केसीले रानाकै कार्यक्रममा ऐक्यबद्दता जनाएका छन ।
के के छन त केसीले ऐक्यवद्दता जनाएका रानाका योजानाहरु ?
एनआरएनए को भित्री मर्मलाई अात्मसात गर्दै एनआरएनलाई राजनीतिबिहीन र नाफारहीत संस्थाका रुपमा चिनाउदै लेजाने
एनआरएनका कार्यक्रमहरुलाई दक्षिण अष्ट्रेलियामा एनआरएनएको उदेश्य र योजनाअनुरुप संचालन एवं ब्यवस्थापन गर्ने ।
एनआरएनका कार्यक्रमरुलाई दक्षिण अष्ट्रेलियामा एकिकृत नेपाली समुदायको सहभागीतामा बृहत र बलियो बनाउदै लैजाने
दक्षिण अष्ट्रेलियामा भएका स्रोतहरुलाई उपयोग गर्दै नेपालको बिकाश र पुन:संरचनामा योगदान दिने
बहुसांस्कृतिक अष्ट्रेलियामा नेपाली समुदायको उपस्थितिलाई स्थापित गर्नका लागी साउथ अष्ट्रेलियन सरकार तथा अन्य समुदायसँग स्वास्थ सम्बन्ध स्थापना एबं कायम गर्ने
बहुसास्कृतिक अष्ट्रेलियाको बृहत समुदायिक उपस्थितिमाझ नेपाली समुदायको संस्कृती एवं सम्पदा पहिचानका लागी अरु समुदायसँग सम्बन्ध बिस्तार गर्ने ।
नेपालमा पर्यटन बिकाशका लागी अष्ट्रेलियामा भएका नेपाली तथा अष्ट्रेलियान सरकारी एवं अन्य संस्थाहरुसँग समन्वय गरी बिभिन्न कार्यक्रमहरुको आयोजना गर्ने
नेपाली तथा अष्ट्रेलियन क्लबहरुसँग समन्वय गरेर बिभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गर्ने
सपना योजना एडेलेडमा ‘ नेपाली कम्युनिटी हल‘ का लागी संम्भाब्यता अध्यायन शुरु गर्ने
स्थानिय नेपाली समुदायीक संघसंस्थाहरुको आर्थिक पारदर्सिताका लागी पहल गर्ने
यहाका हाम्रा भावि सन्ततिहरुमा हाम्रा सांस्कृतिक मान्यताहरुबारे जानकारी दिनका लागी बिभिन्न बिद्यालयिय कार्यक्रमहरुको अभियान चलाउने ।
निर्वाचनमा असफल भए के गर्ने ?
केसीले निर्वाचनमा सफल वा असफल हुनुले आफ्ना कार्यक्रमका योजना कार्यान्वयनमा खासै फरक नपर्ने बताउछन । निर्वाचनमा सफल भए एनआरएनको छातामुनी नेपाली समुदायलाई बिनासर्त ल्याउने कुरामा सहजता हुने बताउने उनको पक्षमा जुलाई ३ सम्मको अवस्था हेर्दा तराजू भारी देखिएको छ ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस