उम्मेद्वार परिचय (सर्बदा घिमिरे): एनआरएन अष्ट्रेलिया निर्वाचन बिशेष- भाग ३
अनलाईन एडेलेडले साउथ अष्ट्रेलियाबाट एनआरएन निर्वाचनमा उम्मेद्वारी दिनुहुने सबैका बारेमा उम्मेद्वार तथा कार्यक्रम परिचयलाइ समेटे्दै एक बिशेष अंक सार्बजनिक गर्ने कार्यक्रम योजना अनुसार आज तेस्रो भाग सर्बजनिक गर्दैछ । सबै उम्मेद्वारहरुलाई यथासिध्र आफ्नो जानकारी पठाएर सहयोग गर्न आग्रह गर्दछौं ।
आजको अंकमा हामीले तेस्रो बिबरण पठउने सर्बदा घिमिरेका बारेमा जानकारी दिनेछौ उनी केन्द्रीय सदस्यका लागी लड्दैछन । प्राप्यताका आधारमा अन्य उम्मेद्वारका बारेमा क्रमश जानकारी दिदै जानेछौं ।
सर्बदा घिमिरे

सानै उमेरदेखी समाजसेवामा रुची राख्ने सर्बदा घिमिरेले प्रवासी बन्ने कल्पना सम्म गरेकी थिइनन् तर देश छाड्नु परे पनि आफ्नो भित्र रहेको समाजसेवाको भावलाई छाड्न सकिनन् र प्रवासलाई नै आफ्नो सामाजीक कर्मथलो मानेर अघि बढ्ने दृढटा लिईन ।
तनहुमा जन्मिएकी घिमिरे नेपालको तत्कालिन राजनीतिक कारणले गर्दा देश छोड्न बाध्य भइन र सन २००७ मा अष्ट्रेलियाको सिड्नीमा अवतरण गरिन । आफुभित्र रहेको सामाजीक सेवाको भावलाई समाजमा छर्ने ठाउ खोज्ने क्रममा ‘नेपाली कला संस्कृती’ भन्ने एक नेपाली कला संस्कृतीको जगेर्ना गर्ने संस्था समीपमा पाईन र थालिहालिन नेपाली कला संस्कृतीलाई अष्ट्रेलियामा स्थापना र जगेर्ना गर्ने कार्य गर्न। समाजलाई सधैं आफूभन्दा अगाडी राखेर हेर्ने सर्बदाको जीवनमा विविध समस्याहरु होलान तर अफ्नो लगनशीलताका कारण समाजमा आएको परिवर्तन देखेर सबै समस्याहरुलाई बिर्सिएर दंग पर्छिन उनी ।
प्रवासको बसाई सहज हुदैन । सहजता खोज्न हरेक परिबर्तनका लागी सदैब तयार हुनुपर्छ बिदेशमा । सर्बदाका अगाडी स्थान परिबर्तन गर्नैपर्ने बाध्यता अाइलाग्यो र शुरु गरेका कामहरु सिड्नीलाई नै छोडेर अर्कै ठाऊ जानुपर्ने भयो । सबै कुरा छाडिन तर समाजको सेवा गर्ने उत्काण्ठा कतै छोडिएन । स्तानान्तरण भएर सर्बदा एडेलेड आइन, उनको त्यो आगमन नेपालीहरुको संख्या भर्खर बढ्न शुरु गरेको एडेलेडका नेपाली समुदायका लागी एउटा नया परिबर्तनको शुरुबात बन्न गयो । शुरुका दिनमा एडेलेडमा समुदायस्तरमा संचालित तर दर्ता नभएको ‘पाठशाला’ नामक नेपाली बिद्यालयमा सक्रिय रुपले लागेकी सर्बदाले त्यही संस्थालाई दर्ता गराएर वैधानिकता दिने निकै प्रयास गरिन । बैचारीक बिभेदका कारण त्यस संस्थालाई दर्ता गर्न नसकिएपछी आफैले कानुनी मान्यताप्राप्त एक नेपाली संस्था र त्यसैको छातामुनी एक नेपाली विध्यालयको परिकल्पना गरिन । सर्बदा खाली सपना मात्र देख्ने समाजसेवी होइन भनेर तव प्रमाणीत भयो, जव एडेलेडमा पुर्ण कानुनी हैसियतको नेपालीहरुको संगठन ‘ एडेलेड नेपाली समाज’ को स्थापना भयो । ‘एडेलेड नेपाली समाज’ सर्बदाकै अथक प्रयास र सकृयतामा स्थापीत एडेलेडकै हालको एकमात्र कनुनी मान्यताप्राप्त नेपालीहरुको संस्था हो जसको दक्षिण अष्ट्रेलियाको “मल्टीकल्चरल काउन्सिल’ संग सुमधुर सम्बन्ध रहेको छ । यस संस्थाको जन्मले एडेलेडको बिदेशी समुदायमाझ नेपालीहरुको प्रतिनिधित्व गर्ने काममात्र गरेन कि नेपाली पर्वहरु जस्तै दशै, तीहार, तीज, भानु जयन्ती लगायतका पर्वहरु सामुहीक रुपमा मनाउने कार्यको थालनी गरेर नेपालीहरुमा प्रवासमा पनि आफ्नोपन’ को आभाष गराईरहेको छ भने भावी सन्ततीलाई नेपालीपनको बारेमा जानकारी र नेपालीत्व बचाईराख्ने एउटा सुत्र समेत दिएको छ । ‘एडेलेड नेपाली समाज’ कै छातामुनी स्थापीत ‘एडेलेड नेपाली बिध्यालय’ एडेलेड नेपाली समाज’ जस्तै नेपाली समुदायको कानुनी मान्यताप्राप्त एकमात्र बिद्यालय हो जस्ले अष्ट्रेलियन सरकारबाट अनुदान लिएर नेपाली वालवालिकाहरुलाई नेपाली भाषा र संसकृतीसम्बन्धी नि:शुल्क शिक्षा दिने काम गर्छ ।
सर्बदाले हाल ‘एडेलेड नेपाली समाज’ को अध्यक्षता गरिरहेकी छन भने भर्खरै एडेलेडमा सम्पन्न बहुचर्चित ‘मल्टीकल्चरल च्यारीटी डिनर’ कार्यक्रमको संयोजन समेत गरेकि थिइन । कलाकारीतामा समेत रुची राख्ने सर्बदा लोक गायिका समेत हुन । उनले हालसम्म करिव ६ अोटा एल्मब निकालीसकेकी छन भने युट्युबमा यत्र-तत्र उनका गीतहरु सुन्न र हेर्न सकिन्छ । साच्चै संस्थामा नरहेरपनि समाजका लागी यति धेरै गर्न सक्ने सर्बदाले नेपालीहरुको छाता संगठन ‘एनआरएन’ मा ठाऊ पाउनु नेपाली समुदायका लागी एउटा ठुलो अवशर हुने कुरामा दुइमत रहन्न ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस