उम्मेद्वार परिचय (चन्द्र कुँवर): एनआरएन दक्षिण अष्ट्रेलिया निर्वाचन बिशेष- भाग २
अनलाईन एडेलेडले साउथ अष्ट्रेलियाबाट एनआरएन निर्वाचनमा उम्मेद्वारी दिनुहुने सबैका बारेमा उम्मेद्वार तथा कार्यक्रम परिचयलाइ समेटे्दै एक बिशेष अंक सार्बजनिक गर्ने कार्यक्रम योजना अनुसार आज दोस्रो भाग सर्बजनिक गर्दैछ । सबै उम्मेद्वारहरुलाई यथासिध्र आफ्नो जानकारी पठाएर सहयोग गर्न आग्रह गर्दछौं ।
आजको अंकमा हामीले दोस्रो बिबरण पठउने चन्द्र कुँवरका बारेमा जानकारी दिनेछौ उनी सदस्यका लागी लड्दैछन । प्राप्यताका आधारमा अन्य उम्मेद्वारका बारेमा क्रमश जानकारी दिदै जानेछौं ।
चन्द्र कुँवर
कास्किको कृष्तीमा जन्मिएका सानैदेखी समाजसेवामा सक्रिय चन्द्र कुँवरले नेपालमा स्नातकसम्म पढेका छन । नेपालमा सरकारी तथा निजी बिध्यालयमा रहेर करिब ६ बर्ष शिक्षाको न्यानो घाम छर्ने काम गरेका कुवर स्थानिय शिशीर युवा क्लबका अध्यक्ष भएरपनि काम गरिसकेका छन । यसका साथै समाजका विविध क्षेत्रमा सहयोग गर्ने गरेका कुवर आफ्नो क्षेत्रका धेरै संघ-सस्था लाई आर्थिक सहयोग गर्नेहरुंध्येका एक हुन ।
सन् २००९ मा अष्ट्रेलिया आएका कुँवरले Diploma in Building and Construction साथै Advance Diploma in Business Management पनि गरेका छन । सुरुका दिनमा निकै संघर्ष गरेका कुँबरले जीवन अलि सहज हुनासाथ स्थानिय समुदायलाई सहयोग गर्नुपर्ने कुरा महसुस गरी निकै नेपाली बिद्यार्थीहरुलाई रोजगारीमा सहयोग गर्दै आएका छन । हाल AMB City Group Pty Ltd. का संचालक साउथ अष्ट्रेलियाका प्रमुख रहेका कुँवर आगामी दिनमा थप नेपालीहरुलाई रोजगारी अवशर दिन प्रत्नशिल रहेका छन ।
हालसम्म व्याक्तिगत संघर्षका कारण समुदायमा खासै देखा पर्न नसकेका कुवर आगामी दिनमा भने समुदायका लागी केही गर्न निकै उत्सुक रहेका छन ।
के के छन त कुवरका योजानाहरु ?
अध्यक्षका लागी निर्बाचन लडिरहेका समुदायसेवी गोबिन्द रानासँग कार्यगत एकता गरेका कुँवरको रानाकै घोषणापत्रसंग ऐक्यबद्दता रहेको छ । यसका साथै पहिलेदेखी नेपालीहरुलाई रोजगारीमा सहयोग गरिरहेका कुवरले भर्खरै आवद्द भएको आफ्नै कम्पनीमार्फत नेपालीहरुलाई थप रोजगारी सिर्जना गर्न सहयोग गर्ने बताउछन । समाजसेवामा सक्रिय कुँवर एडेलेडका नेपाली समुदायका खासै नाम नसुनिएका योद्दा हुन जसले समाजलाई केही दिन सक्छ ।
निर्वाचनमा असफल भए के गर्ने ?
राना जस्तै निर्वाचनमा सफल वा असफल हुनुले आफ्ना कार्यक्रमका योजना कार्यान्वयनमा खासै फरक नपर्ने बताउने कुवर निर्वाचनको सफलताले कामलाई सगठीत गर्न र समुदायलाई जानकारी गराउन केही सहज भने हुने कुरा बताउछन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस