उम्मेद्वार परिचय (गोबिन्द राना): एनआरएन दक्षिण अष्ट्रेलिया निर्वाचन बिशेष- भाग १
अनलाईन एडेलेडले साउथ अष्ट्रेलियाबाट एनआरएन निर्वाचनमा उम्मेद्वारी दिनुहुने सबैका बारेमा उम्मेद्वार तथा कार्यक्रम परिचयलाइ समेटे्दै एक बिशेष अंक सार्बजनिक गर्ने कार्यक्रम योजना अनुसार आज पहिलो भाग सर्बजनिक गर्दैछ । सबै उम्मेद्वारहरुलाई यथासिध्र आफ्नो जानकारी पठाएर सहयोग गर्न आग्रह गर्दछौं ।
आजको अंकमा हामीले सबैभन्दा पहिला बिबरण पठउनुहुने गोबिन्द रानाका बारेमा जानकारी दिनेछौ र प्राप्यताका आधारमा क्रमश जानकारी दिदै जानेछौं ।
गोबिन्द राना
गोबिन्द राना एनआरएन दक्षिण अष्ट्रेलियाको अागामी संयोजक पदका उम्मेद्वार हुन । नर्सिङ पेसामा आवद्द उनी पहिलेदेखीनै सामाजीक कार्यहरुमा संलग्न रहदै आएको भएपनि पछिल्लो समयमा निकै चर्चित बनेका छन । नेपाली समुदायको एउटा साधारण सद्स्यकै हैसियतमा हालसम्म नेपाली समुदायको जिवनयापनमा सामान्यिकरण तथा नेपाली समुदायको पहिचानका लागी साउथ अष्ट्रेलियाका बिभिन्न सरकारी तथा अन्य समुदायसँग गरेका भेटघाट एवं समन्वयका कारणले उनी चर्चित बनेका हुन ।
बाग्लुङमा जन्मिएका राना स्नातकसम्मको अध्यायन हालको भारतको सिलोङमा गरेका हुन् । त्यसपछी नेपालको त्रिभुवन युनिभरसिटीबाट MSc गरेका रानाले माध्यमिक बिध्यालयको प्रधानाध्याक भएर १० बर्ष र प्राध्यापकको रुपमा १० बर्ष काम गरे । यसरी नेपाललाई गरेको योगदानमा मात्र उनी अड्न सकेनन र बिदेशमा गएर नया ढङ्गबाट नेपाललाई केही गर्न सकिन्छ कि भन्ने चाहना उनीमा प्रगाढ बन्न थाल्यो र हुरिए दक्षिण अष्ट्रेलिया । प्रवासको जीवन सहज हुदैन, यो भोग्नेहरुलाई थाहा छ । यही व्यस्त जीवनबाट पनि समय मिलाएर नेपाली समुदायको स्तर उन्नती तथा अरु समुदायसँगको सम्बन्ध बिस्तारमा लागेका राना अात्मैदैखी नेपाली समुदायका लागी केही गरौ भन्ने चहना राख्ने एक नेपाली हुन । सामुदायीक सेवामा खासै लामो योगदान नदेखिएपनि उनको सपना र समुदायका लागी समर्पण हुन थालेदेखीको योगदान हेर्ने हो भने निक्कै आशा गर्न सकिने ठाउहरु रहेका छन । उनी पेशाले हार क्लिनिकल रजिस्टर्ड नर्स हुन । उनले हाल एडेलेड नेपाली नर्स तथा मिडवाइफ समाजका सल्लाहकार रहेका छन।
के के छन त रानाका योजानाहरु ?
उनले आफ्नो धोषणापत्र पनि सार्वजनिक गरिसकेका छन । उनको घोषणापत्रमा देहायका कुराहरु रहेका छन;
‘मेरो एनआरएन एस ए लाई अर्को उचाइसम्म पुर्याउने सपना छ । मैले समुदाय नेतृत्वकर्ताको रुपमा समस्याहरुलाई झेलेको छु र तिनलाई सकारात्मक रुपमा समाधान पनि गरेको छु । म सँग समुदायलाई एक बनाएर लैजाने र समुदायमा सद्भाव कायम गर्ने कुरामा निपुर्ण रहेको प्रमाण छ । मैले नेपाली समुदायको अरु समुदायसंग सम्बन्ध परिचय, सम्बन्ध स्थापना र सम्बन्ध बिकास गर्दै साउथ अष्ट्रेलियन सरकार तथा अन्य समुदायसँग एउटा स्वास्थ सम्बन्ध स्थापना गर्ने कार्यको शुरुवात गरेको छु । तसर्थ म समुदायका सदस्यहरुले समुदायका खातिर उठ्न, जुट्न र समुदायको राम्रोसग नेतृत्व गर्नसक्ने मान्छेलाई सहयोग गर्नुहुनेछ भन्ने कुरामा बिश्वस्त छु ।
- एनआरएनए को भित्री मर्मलाई अात्मसात गर्दै एनआरएनलाई राजनीतिबिहीन र नाफारहीत संस्थाका रुपमा चिनाउदै लेजाने
- एनआरएनका कार्यक्रमहरुलाई दक्षिण अष्ट्रेलियामा एनआरएनएको उदेश्य र योजनाअनुरुप संचालन एवं ब्यवस्थापन गर्ने ।
- एनआरएनका कार्यक्रमरुलाई दक्षिण अष्ट्रेलियामा एकिकृत नेपाली समुदायको सहभागीतामा बृहत र बलियो बनाउदै लैजाने
- दक्षिण अष्ट्रेलियामा भएका स्रोतहरुलाई उपयोग गर्दै नेपालको बिकाश र पुन:संरचनामा योगदान दिने
- बहुसांस्कृतिक अष्ट्रेलियामा नेपाली समुदायको उपस्थितिलाई स्थापित गर्नका लागी साउथ अष्ट्रेलियन सरकार तथा अन्य समुदायसँग स्वास्थ सम्बन्ध स्थापना एबं कायम गर्ने
- बहुसास्कृतिक अष्ट्रेलियाको बृहत समुदायिक उपस्थितिमाझ नेपाली समुदायको संस्कृती एवं सम्पदा पहिचानका लागी अरु समुदायसँग सम्बन्ध बिस्तार गर्ने ।
- नेपालमा पर्यटन बिकाशका लागी अष्ट्रेलियामा भएका नेपाली तथा अष्ट्रेलियान सरकारी एवं अन्य संस्थाहरुसँग समन्वय गरी बिभिन्न कार्यक्रमहरुको आयोजना गर्ने
- नेपाली तथा अष्ट्रेलियन क्लबहरुसँग समन्वय गरेर बिभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गर्ने
- सपना योजना एडेलेडमा ‘ नेपाली कम्युनिटी हल‘ का लागी संम्भाब्यता अध्यायन शुरु गर्ने
- स्थानिय नेपाली समुदायीक संघसंस्थाहरुको आर्थिक पारदर्सिताका लागी पहल गर्ने
- यहाका हाम्रा भावि सन्ततिहरुमा हाम्रा सांस्कृतिक मान्यताहरुबारे जानकारी दिनका लागी बिभिन्न बिद्यालयिय कार्यक्रमहरुको अभियान चलाउने ।
निर्वाचनमा असफल भए के गर्ने ?
राना निर्वाचनमा सफल वा असफल हुनुले आफ्ना कार्यक्रमका योजना कार्यान्वयनमा खासै फरक नपर्ने बताउछन । निर्वाचनमा सफल भए एनआरऐनको छातामुनी नेपाली समुदायलाई बिनासर्त ल्याउने कुरामा सहजता हुने बताउछन ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस