ताजा खवरहरु:

एडेलेड नेपाली समुदाय प्रतिनिधीहरुले साउथ अष्ट्रेलियाको शिक्षा मन्त्रालय प्रतिनिधीसग भेट्दै

१४ जुन २०१५, एडेलेड- यो हप्ता एडेलेडको नेपाली समुदायको एक प्रतिनिधी समुहले साउथ अष्ट्रेलियाको शिक्षा मन्त्रालयका एक प्रतिनिधीसग भेट्दै छ । नेपालमा भर्खरै गएको भूकम्पका कारण एडेलेडवरपर रहेका विध्यार्थीहरुलाई परेको मानसिक र आर्थीक लगायतका अन्य समस्याहरु कम गर्न शुरु देखीनै पहल गरिरहेको यो समुहले यसअघी नै TAFE SA, Equal International College लगायतका प्राइभेट कलेजहरुसग भेट गरी केही उपलब्धीहरु हासिल गरिपनि सकेको छ । पछिल्लो समयमा नेपाली बिद्यार्थीहरुबाट युनिभरसिटीमा पहल गरिदिए धेरै सुबिधा पुग्ने मनोकाक्षा बुझेर त्यसतर्फ आफ्नो पाइला बढाइरहेको छ । 

गतहप्ता बहुसांस्कृतिक मामिलामन्त्री जोय बेट्टीसनसंग भेटेको यस समुहले यो हप्ता शिक्षा मन्त्रालयको शिक्षा तथा वालवालिका बिभाग अन्तरगतको अन्तराष्ट्रिय कार्यक्रम ब्यवस्थापक डेरिल कर्टर ( Darryl Carter ) सँग सोमवार भेटिने समुहको नेतृत्व गरिरहनुभएलका समुदायसेवी गोविन्द रानाले अनलाईन एडेलेडलाई बताउनु भयो । यसपटक भेटघाट समुहमा को को रहने भन्ने तय भएनसकेको भएपनि एडेण्डा भने नेपाली बिद्यार्थीहरुको जिवनलाई भूकम्पले पारेको असर न्युनिकरणका लागी पहलनै भएको बताउनु भयो ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading