ताजा खवरहरु:

अन्तत: निलम्बन भयो एन आर एन अमेरिकाको कार्यसमिती

९ जुन २०१५, न्युयोर्क- एनआरएन एनसीसी अमेरिकाको चुनाबी प्रक्रियामा घाँघली भएको भन्ने आरोप आएपछी एनआरएन आइसिसिले एनआरएन अमेरीका एनसिसिको कार्यसमीति अर्को निर्णय नहुन्जेलसम्मका लागी निलम्बन गरेको छ । साथै नआरएन आइसिसिले चुनाबमा घाघलि भए-नभएको निर्क्यौल गर्न छनबीनसमेत शुरु गरेको जनाएको छ ।

वक्तब्यमा  आईसीसीले दिएको जिम्मेवारी र निर्देशन अनुशार जुन ८, २०१५ देखि नै लागु हुनेगरी छानविनका लागि प्रकृया सुरु गरिसकिएको जनाइएको छ । साथै

छानविनका लागि सहज वातावरण बनाउनका लागि जुन ८, २०१५ देखि लागुहुनेगरी एनआरएन एनसीसी अमेरिकाको कार्यसमिति र त्यस माताहतका अन्य सम्पूर्ण कमिटिहरुलाई कुनै कामकारवाही नगर्न निर्देश गरिएको छ ।  छानविन प्रकृया पुरा नहुन्जेलसम्मका लागि एनआरएन एनसीसीका तर्फबाट कुनै सार्वजनिक तथा औपचारिक कार्यक्रम नगर्न , बैंक खाता संचालनमा कुनै गतिविधि नगर्न तथा  एनआरएनका तर्फबाट कुनै कामकाज नगर्न समेत निर्देश गरिएको छ ।

छनबीनको कार्यवाही आरसी नवराज गुरुङ र डीआरसी सोनाम लामाले अघि बढाइराखेको खबर छ ।


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading