ताजा खवरहरु:

अन्तत: तान्यो सरोज खनाललाई नेपालले

२५ जेsaroj khanalठ २०७२, वाशिंगटन डिसी- नेपाली चलचित्र क्षेत्रका कुनै समयमा चर्चित अभिनेता सरोज खनाल अमेरिका नफर्किने गरी स्वदेश फर्किँदैछन् । सन् १९९७ मा सुटुक्क अमेरिका छिरेका उनी १७ वर्षपछि अमेरिकाको बसाइँ छाडेर स्वदेश फर्किन लागेका हुन् ।

आफ्नै देशको माटो बिर्सन नसकेका उनी स्वदेश फर्किँदै गर्दा भावुक देखिए । ‘म सपना बाँड्न गएको होइन, चमत्कार गर्न पनि गएको होइन,’ अभिनेता खनालले भने, ‘म चमत्कारी होइन, चमत्कार अभिनय क्षेत्रमा गर्न सक्छु ।’

कलाकार भएको नाताले केही कलाकारिताको चिज लिएर हात फैलाउन आउँदा मुख नफर्काउन खनालले अमेरिकाका नेपालीहरुलाई आग्रह गरे ।

भूकम्प जाँदा नेपालमै भएकाले खनालले भूकम्प प्रभावित क्षेत्रमा काम गर्दा गाउँ घरमा बूढा बुढी मात्र देखेको र युवाहरु आफूले फेला नपारेको अनुभव सुनाए ।

सुटुक्क अमेरिका छिरेका उनी सुटुक्क अमेरिका छाड्ने मनस्थिति बनाए पनि अमेरिकामा बस्ने नेपालीहरुले भने सुटुक्क नेपाल फिर्न दिएनन् । अमेरिकाका नेपालीहरुले भब्य कार्यक्रम गरी अभिनेता खनालको बिदाइ गरेका थिए ।

१७ बर्षको अमेरिका बसाइँ पछि अन्तत्वगत्वा मातृभूमिको अथाह मायालाई बिर्सन नसक्ने भएपछि नेपाली चलचित्र जगतका ख्यातीप्राप्त अभिनेता खनाल नेपाल फर्कने निश्कर्षमा पुगेका हुन् ।

एनआरएन अमेरिकाको भर्जिनिया शाखाको पहलमा भएको बिदाई कार्यक्रममा खनाललाई समर्पित गर्दै उनका चलचित्रका गीत, संदेशमुलक चिठी, मुक्तक, राष्ट्रभक्ति तथा मन छुने कविता वाचन गरिएको थियो ।

बिदाई कार्यक्रममा झन्डै एक दशकअघि अमेरिका आएका गायक कर्ण दासले नायक सरोज खनाललाई समर्पित गर्दै भावुक गीत गाए ।

कर्ण दासले भने- म पनि फर्किन्छु

गायक कर्ण दासले अभिनेता खनाल नेपाल फर्किएपछि आफू पनि नेपाल फर्किने प्रतिबद्धता जनाए । तर आफू नेपाल फर्किने साइत भने तोकेनन् ।

कार्यक्रममा नेपाली दूतावासका मिनिस्टर कन्सुलर नारायणप्रसाद मैनालीले अभिनेता खनालको अभिनयको प्रशंशा गर्दै अमेरिकामा बसेका दोस्रो पुस्तालाई मन पराउने गीत र चलचित्र बनाउन सुझाव दिए ।

कवि, निवन्धकार, समालोचक तथा उपन्यासकार कृष्ण धरावासीले सबै नेपाली स्वदेश फर्किदा देशलाई राम्रो हुने विचार राखे ।

एनआरएन अमेरिका भर्जिनिया शाखाका अध्यक्ष मुक्ति दवाडीलेे सरोज खनालले १७ वर्षको अमेरिका बसाइँमा कला र संस्कृतिको लागि खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

– See more at: http://www.onlinekhabar.com/2015/06/286051/#sthash.7mMv6umj.dpuf


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading