ताजा खवरहरु:

१५ बित्तिय संस्थाहरु मर्जरमा, मर्जरपछी ६ वटा हुने

Image result for merger२५ जेठ २०७२, काठमाडौं- पछिल्लो समय चलेको बैंक, वित्तीय संस्था गाभिने लहर पछ्याउँदै वाणिज्य बैंकसहित १५ वित्तीय संस्था गाभिएर (मर्ज भएर) ६ मा झर्ने भएका छन्। ती संस्थाले मर्जरको अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिएका छन्। पुँजीको आकार बलियो भएपछि लगानी गर्न सजिलो हुने भन्दै मर्जरमा जान लागेका हुन्।

वित्तीय संस्थाको संख्या बढे पनि गुणस्तर बढ्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकले गाभिन प्रोत्साहित गर्दै आएको छ। यसअघि ७४ संस्था गाभिएर २७ बनेका छन्।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा प्रक्रिया पूरा गरी अर्को वर्षदेखि एकीकृत कारोबार सुरु गर्ने तयारी ती संस्थाले गरेका छन्। असार मसान्तसम्ममा मर्जर प्रक्रिया पूरा गरी साउनदेखि एकीकृत कारोबार गर्ने तयारीमा रहेको राइजिङ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खेमराज भेटुवालले बताए। ‘स्वाप रेसियो र सञ्चालक समिति लगायत विषयमा सहमति भइसकेको छ,’ उनले भने।

नेपाल राष्ट्र बैंकले मर्जरसम्बन्धी विनियमावली २०६८ जारी गरेपछि वित्तीय संस्थाहरु गाभिन थालेका हुन। यसअघि लक्ष्मी बैंकमा हाइसेफ फाइनान्स, नेपाल बंगालादेश बैंकमा नेपाल बंगालादेश फाइनान्स र नेपाल श्रीलंका फाइनान्स गाभिएका थिए। नारायणी र नेसनल फाइनान्स गाभिएर नारायणी नेसनल बनेका थिए। गाभ्ने र गाभिनेसम्बन्धी विनियमावली आएपछि मर्जरमा जानेको संख्या ह्वातै बढेको राष्ट्र बैंकले बताएको छ।

आगामी दिनमा मर्जरमा जाने वित्तीय संस्थाको संख्या अझै बढ्ने बैंकर बताउँछन्। विश्व विकास बैंक र फेवा फाइनान्स, एनडिइपी डेभलपमेन्ट बैंक र राइजिङ डेभलपमेन्ट बैंक, सगरमाथा मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र पाटन फाइनान्सले एक अर्कामा गाभिने निर्णय गरेका छन। ती वित्तीय संस्था मर्जरको अन्तिम तयारीमा रहेको राष्ट्र बैंकले बताएको छ।

राष्ट्र बैंकले पाथीभरा विकास बैंक, भृकुटी विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, प्रुडेन्सियल फाइनान्स र एनएमबी बैंकलाई गाभिएर एनएमबी बैंक हुन सैद्धातिक सहमति दिइसकेको छ।

गरिमा विकास बैंक र निलगिरी विकास बैंक पनि गाभिने छन्। मुक्तिनाथ विकास बैंकमा सिभिक डेभलपमेन्ट बैंक बिलय हुने छ। मुक्तिनाथले आगामी असार ६ गते यसै प्रयोजनका लागि विशेष साधारणसभा बोलाएको छ।

गत सातामात्र त्रिवेणी विकास बैंक, पब्लिक डेभलपमेन्ट बैंक र ब्राइट डेभलपमेन्ट गाभिएर त्रिवेणी विकास बैंक भई एकीकृत कारोबार सुरु गरेका थिए। यसअघि सिटिजन्स बैंकमा नेपाल हाउजिङ एन्ड मर्चेन्ट फाइनान्स र पिपल्स फाइनान्स बिलय भएका थिए।

मर्जरका लागि तयार देखिएका कतिपय वित्तीय संस्था त्यसबाट पछि पनि हटेको राष्ट्र बैंकले जानकारी दिएको छ। यसो गर्नेमा बैंक अफ काठमाण्डू, आइएलएफसी, श्री इन्भेस्टमेन्ट फाइनान्स, नेपाल एक्प्रेस फाइनान्स कम्पनी छन्। कामना विकास बैंक र ओम फाइनान्सले पनि त्यही बाटो रोजेको राष्ट्र बैंकको भनाइ छ।

यसअघि गाभिएका सबै बैंक, वित्तीय संस्थाले एकीकृत रुपमा कारोबार सुरु गरिसकेका छन्। गाभिनका लागि वित्तीय संस्था खोज्दै हिँड्ने क्रम जारी छ।

राष्ट्र बैंकले वाणिज्य बैंकलाई २ अर्ब, राष्ट्रिय स्तरको विकास बैंकलाई ६४ करोड र फाइनान्स कम्पनीलाई २० करोड रुपैयाँ चुक्तापुँजी पुर्याकउन निर्देशन दिएपछि मर्जरमा जानेको संख्या बढेको हो।

गाभिएका बैंक, वित्तीय संस्थाको अध्ययन गरिसकेको र अवस्था सन्तोषजनक रहेको राष्ट्र बैंकले बताएको छ। विगतमा मर्जर सम्बन्धमा भएका कमी कमजोरी सच्याउँदै जाने नीति अनुरुप अध्ययन भएको केन्द्रीय बैंकले बताएको छ।

 


Discover more from NepalAustralianews.com

Subscribe to get the latest posts sent to your email.

प्रतिकृया दिनुहोस

error: Content is protected !!

Discover more from NepalAustralianews.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading