पासपोर्ट बितरण तथा च्यारिटी डिनरका लागी दुतावासका कन्सुलर एडेलेड आउदै
२७ मे २०१५, एडेलेड- एडेलेडमा १२ जुनमा हुने च्यारिटी डिनरका लागी दुतावासका उप-प्रमुख राजेन्द्र पाण्डे एडेलेड आउदै हुनुन्छ । च्यारिटी डिनर १२ मे का दिन Latvian Hall, 4 Clark Street, Wayville, SA 5034 मा हुने भएको छ । उक्त च्यारिटी डिनरमा साउथ अष्ट्रेलियाको बहु-सांस्कृतिक मामिलामन्त्री जो बेट्टीसन (Zoe Bettison) को उपस्थिती रहने विश्बास गरिएको छ भने नेपाली दुतावासका क्यनवेराका उप-प्रमुख राजेन्द्र पाण्डेको उपस्थिती तय भइसकेको छ । यसैगरी नेपाली मुलका अष्ट्रेलियन धनाड्य शेष घलेको उपस्थितीका लागी पनि पहल भइरहेको गोबिन्द राणाले बताउनुभयो ।
त्यही अवसरमा १३ जुनमा एडेलेडबासीहरुको MRP पासपोर्टपनि बितरण हुने कार्यक्रम तय भएको समुदायका अगुवा गोबिन्द राणाले जानकारी दिनुभयो । पासपोर्ट बितरण देहायको स्थान, मिती र समयमा हुने छ;
मिती- १३ जुन २०१५, बिहान ९:३० बजेदेखी १२:३० बजेसम्म
स्थान- Queensford College, Level 12, 90 King William Street, Adelaide, SA 5000
यसबारेमा थप जानकारी चहिएमा देहायका नम्बरमा सम्पर्क गर्न सकिने छ । पासपोर्ट लिन आउदा आफ्नो पुरानो पासपोर्टपनि साथै बोकेर आउन अनुरोध गरिएको छ ।
Deepak Ghising: 0430 947 794
Nabin Panth : 0406 684 569
Niranjan Dharel: 0468 951 114
Milan Dahal : 0420 610 768
Govinda Rana: 0415 715 605
अन्तराष्ट्रिय नागरीक उड्डयन प्राधिकरको नियमअनुसार २०१५ को नोभेम्बरदेखी हस्तलिखीत पासपोर्टलाई मान्यता नदिइने भएलाके नेपाल सरकारले हस्तलिखीत पासपोर्टलाई MRP ले बिस्थापन गर्ने कार्य तीब्र बनाएको थियो । एडेलेडबासी नेपालीहरुले पनि नेपाली समुदायसेवीहरु एवं नेपाली हेल्प डेस्कको आयोजनामा २१ मार्चमा भएको दुइदिने शिविरमार्फत MRP का लागी आबेदन गरेका थिए । यसरी आबेदन फारम रुजु एबं संकलन गर्न नेपाली दुताबास अष्ट्रेलियाका उप-प्रमुख राजेन्द्र पाण्डे आउनुभएको थियो भने निरिक्षणका लागी राजदुत रुद्र कुमार नेपाल समेत आउनु भएको थियो । दुइदिनमा करिव १५० नेपालीहरुले यसरी MRP का लागी आबेदन दिएका थिए ।
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस