अष्ट्रेलिया आइपुग्यो एडेलेडका नेपालीहरुले नबीकरणका लागी आबेदन गरेको पासपोर्टहरु
२२ मे २०१५, एडेलेड- २१ मार्चमा नेपाली हेल्प डेस्क एडेलेडको संयोजनमा दुतावासका कर्मचारीहरुद्वारा नबीकरणका लागी एडेलेषबाट संकलन गरिएको MRP passport हरु पासपोर्ट बिभाग, नेपालले छापेर अष्ट्रेलिया ठाइसकेको बुझिएको छ । अव केही दिनभित्रमा उक्त पासपोर्ट एडेलेडबासीको हात पर्ने छ । अष्ट्रेलिया मेलको प्रयोग गरेर घर-घरमा पासपोर्ट पठाइने हो वा दुताबासकै कर्मचारीको उपस्थितीमा वितरण गर्ने भन्ने निर्णय भइसकेको छैन । पासपोर्ट १९ मे मा अष्ट्रेलिया पठाइएको पासपोर्ट बिभाग, नेपालले जनाएको हो ।
आफ्नो पासपोर्ट बन्यो या रद्द भयो भनेर तलको लिङ्कमा गएर हेर्न सकिने छ ।
चेक गर्नुहोस आफ्नो पासपोर्टको अवस्था
Discover more from NepalAustralianews.com
Subscribe to get the latest posts sent to your email.
प्रतिकृया दिनुहोस